१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २२:o७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

दुर्गम स्थानका पालिकामा बिमाको पहुँचका लागि साझा प्रतिबद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २२:o७:oo

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशका दुर्गम स्थानमा रहेका पालिकाहरूमा बिमासम्बन्धी जनचेतना अभिवृद्धि र पहुँच विस्तारका लागि सहकार्यको प्रस्ताव गरेका छन् । 

नेपाल बिमा प्राधिकरणको आयोजनामा बिहीबार बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा प्रदेश सरकार र बिमा विषयक अन्तरक्रिया कार्यक्रममा जम्कट्टेलले यस्तो बताएका हुन् । 

मुख्यमन्त्री जम्कट्टेलले ग्रामीण क्षेत्रका नागरिकसम्म बिमाको पहुँच पुर्याउन र बिमा दाबी भुक्तानी प्रक्रियालाई सरल एवम् सहज बनाउन ध्यानाकर्षण गरे । 

नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेश बिमा नीति निर्माणका साथै बिमासम्बन्धी जनचेतना अभिवृद्धिका लागि प्रदेश सरकारसँग सहकार्य गर्न प्राधिकरण तयार रहेको बताए । 

अध्यक्ष सिलवालले प्रदेश सरकारले अनुदानको रकम घटाएर विपन्न बर्गको बिमा गर्नु उपयुक्त हुने सुझाव दिँदै बिमाबाट विपन्न वर्गको आर्थिक रक्षावरण हुनुका साथै गरीबी न्यूनीकरणमा समेत योगदान पुग्ने धारणा राखे । 

नेपाल बिमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बिमासम्बन्धी समग्र विषयमा प्रस्तुति गरेका थिए । कार्यक्रमका सहभागीहरूले बिमा कम्पनीहरूले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बिमाका बारेमा नागरिकलाई जानकारी दिई बिमा गर्न प्रेरित गर्नुपर्ने सुझाव दिए । 

यस्तै, प्रदेश सरकारले नै लोपोन्मुख जातिको बिमा गर्नु उचित हुने, बिमा दाबी भुक्तानी प्रक्रिया सरल एवम् सहज हुनुपर्ने, बिमा कम्पनीहरू गाउँ गाउँमा जानुपर्ने, बिमा कम्पनीले निर्जीवन बिमा खुसी भएर गर्ने तर बिमा दाबी दिँदा भने दुःख दिने प्रवृत्ति हटाउनुपर्ने, बिमालेखलाई सरल र छोटो बनाउनुपर्ने लगायतका धारणा राखेका थिए । 

कार्यक्रममा बागमती प्रदेशका मन्त्री, प्रमुखसचिव, नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक, प्रदेश योजना आयोगका पदाधिकारी, प्रदेश मन्त्रालयहरूका सचिव, जीवन बिमा कम्पनी र निर्जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूलगायत सहभागी थिए ।