१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format ११:५६:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

नौबस्ता औद्योगिक क्षेत्र तत्काल सञ्चालनका लागि उद्योगमन्त्री रिजालसँग माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:५६:oo

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नौबस्ता औद्योगिक क्षेत्र सञ्चालनका लागि सरकारले तयारी थालेको बताएका छन्। 

नेपालगन्ज उद्योग वाणिज्य संघले बिहीबार नेपालगन्जमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा मन्त्री रिजालले नौबस्ता औद्योगिक क्षेत्र सञ्चालनका लागि गृहकार्य थालेको जिकिर गरे। 

औद्योगिक क्षेत्र विस्तारका लागि सरकार संवेदनशील भएर लागेको बताउँदै उनले उद्योगी, व्यवसायीको हितका लागि सरकार गम्भीर रहेको बताउँदै चिन्ता नलिन आग्रह गरे। ‘चिन्ता लिनुपर्दैन। उद्योगी, व्यवसायीको साथमा सरकार छ,’ उनले भने। 

संघका अध्यक्ष टंकबहादुर धामीको अध्यक्षतामा भएको अन्तर्क्रिया कार्यक्रममा प्रथम उपाध्यक्ष चिरञ्जीवी ओलीले नौबस्ता औद्योगिक क्षेत्रको काम पाँच वर्षमा पाँच प्रतिशत मात्र भएको उल्लेख गरे। उनले भने, ‘औद्योगिक क्षेत्रका बुट्यान फँडानी गर्ने र जग्गा अधिग्रहण गर्नेबाहेक अन्य काम हुन सकेको छैन। घोषणा र शिलान्यासबाहेक अरू काम अगाडि बढ्न नसक्नु दुर्भाग्य हो।’

जडीबुटी व्यवसायी रवीन्द्रकुमार शुक्लले सरकारका कारण यस क्षेत्रका २० वटा जडीबुटी उद्योग बन्द भएको बताए। उनले कानुन संशोधन गरी बन्द भएका उद्योग सञ्चालन गर्ने वातावरण बनाउन मन्त्री रिजालसँग आग्रह गरे। 

यसैबीच, नेपालगन्ज उद्योग वाणिज्य संघले मन्त्री रिजाललाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ। नेपालगन्ज नाकाबाट हुने दैनिक सामान किनमेलमा कडाइ गर्न ज्ञापनपत्रमा उल्लेख छ। संघले अव्यावहारिक भन्सार नीतिलाई सच्याउन र सीमानाका व्यवस्थित गर्न माग गरेको छ।

‘नेपालगन्ज नाका भएर दैनिक १२ हजार पाँच सयजना भारतीय बजारमा किनमेल गर्न गएको तथ्यांक छ। ती व्यक्तिले १५ सयदेखि ३० हजार रुपैयाँसम्मको किनमेल गरेको सर्वेक्षणले देखाएको छ,’ ज्ञापनपत्रमा उल्लेख छ। 
नौबस्ता औद्योगिक क्षेत्रलाई यथाशक्य जाँडो सञ्चालनमा ल्याउन माग गर्दै सरकारले घोषणा गरेको लामो समय बित्दासमेत कार्यान्वयनमा नआउनु दुःखद भएको बताए। 

नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्षसमेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले खुला सीमानाकाका कारण नेपालगन्जका उद्योगी, व्यवसायीले अनेक समस्या झेल्नुपरेको जानकारी दिए।