१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:३३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लगानी भित्र्याउने पहल लिन गैरआवासीय नेपालीलाई अध्यक्ष ढकालको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:३३:oo

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी विस्तारका लागि मुलुकबाहिरबाट पहल लिन गैरआवासीय नेपाली संघलाई आग्रह गरेका छन् । नेपालमा लगानीको सम्भावना र गैरआवासीय नेपाली संघको भूमिकासम्बन्धी अन्तर्क्रिया कार्यक्रमलाई बुधबार जापानको राजधानी टोकियोमा सम्बोधन गर्दै अध्यक्ष ढकालले पर्यटन पूर्वाधारको विकास, जलविद्युत्, कृषि तथा कृषिजन्य उद्योगलगायत धेरै क्षेत्रमा लगानी विस्तारको प्रचुर सम्भावना रहेको बताउँदै यी क्षेत्रमा लगानी जुटाउन तथा प्रविधि भित्र्याउन गैरआवासीय नेपाली संघले मुलुकबाहिरबाट विशेष पहल गर्न सक्ने बताएका हुन् ।

आइएमई ग्रुपका अध्यक्षसमेत रहेका ढकालले गैरआवासीय नेपालीहरूसँगको सहकार्यमा आइएमई ग्रुपले जलविद्युत् पर्यटन पूर्वाधार तथा अन्य धेरै क्षेत्रमा सहकार्य गरिसकेको बताउँदै नेपालमा धेरै र नयाँ सम्भावना रहेको र तिनीहरूमा लगानी र प्रविधि भित्र्याउननसकेमा आफ्नो मातृभूमिलाई योगदान गर्नुका साथै यथोचित फाइदासमेत लिन सकिने उनको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघबीच सुमधुर सम्बन्ध रहेको बताउँदै महासंघले गैरआवसीय नेपालीलाई नेपालमा उपयुक्त साझेदार छनोटका लागि समेत सहयोग गर्न सक्ने उनले बताए । 

पर्यटन पूर्वाधार, जलविद्युत्, सूचना प्रविधि, केबलकार, रिसोर्ट तथा थिमपार्कहरूमा लगानी प्रवद्र्धनसँगसँगै प्रत्येक लगानीकर्तालाई नाफाको हिस्सेदार बनाउन सकिने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष महेश श्रेष्ठलगायतको उपस्थितिमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले आफ्नो मातृभूमिमा लगानी गरी रोजगारी सिर्जना गर्ने तथा उचित मुनाफा कमाउने अवसर छोप्न गैरआवासीय नेपाली संघका‌ साथीहरू तयार हुन्छन् भन्ने विश्वास लिएको बताए ।