मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o असोज ४ बिहीबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज ४ बिहीबार o७:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौंमा मेयर र प्रअहरू आमने–सामने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज ४ बिहीबार o७:o३:oo

शिक्षकहरूको आन्दोलनलाई लिएर काठमाडौंका मेयर  बालेन्द्र शाह (बालेन) र प्रधानाध्यापकहरू आमने–सामने देखिएका छन् । काठमाडौं महानगरपालिकाले विद्यालय नै बन्द गरेर धर्ना, नारा–जुलुस तथा आन्दोलनका कार्यक्रममा सहभागी हुन गए ती शिक्षकमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।

तर, महानगरभित्र रहेका ८९ वटै सामुदायिक विद्यालयका प्रअहरूले संयुक्त विज्ञप्ति जारी गर्दै माग सम्बोधन नभएसम्म निरन्तर धर्ना र आन्दोलनमा जाने बताएका छन् । प्रअहरूले माग सम्बोधन नहुँदासम्म निरन्तर माइतीघरमा हाजिर हुने बताउँदै अनिश्चितकालका लागि विद्यालय बन्द गरिएको विज्ञप्तिमार्फत जनाएका छन् ।

‘काठमाडौं महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयको प्रधानाध्यापकहरूको बैठकले माइतीघर मण्डलामा नियमित हाजिर हुने गरी सम्पूर्ण शिक्षक कर्मचारी उपस्थित हुन अनुरोध गर्दै यो विज्ञप्ति जारी गरिएको छ,’ विज्ञप्तिमा छ, ‘साथै, आन्दोलनका क्रममा विद्यार्थीलाई हुने शैक्षिक क्षतिप्रति संवेदनशील हुँदै उक्त क्षतिलाई परिपूर्ति गर्न बिदाका दिनमा पठनपाठन गरिने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’