१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बिपीले व्यावहारिक शिक्षामा जोड दिनुभएको थियो : डा. माथेमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:o७:oo

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तथा जापानका लागि पूर्वनेपाली राजदूत डा. केदारभक्त माथेमाले कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले परिकल्पना गरेको शिक्षा समानता, सामाजिक न्याय, सार्वजनिक, सहज, समान अवसर र व्यावहारिकतामा आधारित रहेको बताएका छन्। 

कांग्रेस संस्थापक बिपीको ११०औँ स्मृति दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित बिपी साहित्य सम्मेलनको कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले भने, ‘शिक्षालाई विद्यार्थीले एउटा शैक्षिक तह उत्तीर्ण गर्ने माध्यम, अभिभावकले रोजगार प्राप्त गर्ने साधन, समाजले बौद्धिक र समाजअनुकूलको माध्यमको रूपमा लिने गर्छन्। तर, एउटा राजनेताले शिक्षालाई समाज बदल्ने साधनको रूपमा लिन्छ । बिपी त्यही राजनेता हुनुहुन्थ्यो।’

कार्यक्रमको प्रारम्भमा पूर्वउपकुलपति डा. माथेमाले ‘बिपीको समाजवादी परिकल्पनामा शिक्षा’ विषयमा सम्भाषण प्रस्तुत गरेका थिए। शिक्षाविद् डा. माथेमाले नेपाली साहित्यका एक नक्षत्र बिपीको क्षमता कला, संस्कृति, राजनीति, साहित्य र समाजको क्षेत्रमा अतुलनीय योगदान भएको जनाउँदै पूर्वअमेरिकी राष्ट्रपति टमक जेफर्सनसँग बिपीको तुलना गरे। 

उनले शिक्षा समान कहिल्यै हुँदैन र यसमा राजनीति हुने भन्दै राजनीतिकको हस्तक्षेप र व्यापारीकरणबाट शिक्षालाई अलग गर्न सक्नुपर्नेमा जोड दिए। नेपालसहित दक्षिण एसियाली मुलुकमा शिक्षामा अधिक व्यापारीकरण हुने गरेको भन्दै डा. माथेमाले नेपालका सन्तानलाई शिक्षाका लागि अभिभावकले जीवनभर कमाएको आम्दानीको ५० प्रतिशतसम्म खर्च गर्ने गरेको उल्लेख गरे। 

हाल नेपालका विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप चरम रूपमा रहेको उल्लेख गर्दै उनले उपकुलपति र विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा भागबन्डा र राजनीतिक हस्तक्षेपले शिक्षा क्षेत्र बिग्रिएको बताए। उनले परीक्षा दिएर उत्तीर्ण हुने र जागिर खानका लागि मात्र शिक्षा प्रदान गर्ने प्रणालीमा सुधारको खाँचो रहेको औँल्याए।