१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format २o:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बागमतीका उत्कृष्ट सामुदायिक र संस्थागत विद्यालय पुरस्कृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:१४:oo

राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशका उत्कृष्ट पाँच सामुुदायिक र तीन संस्थागत विद्यालयहरुलाई पुरस्कृत गरेको छ।

मन्त्रालयको आयोजनामा हेटौँडामा भएको कार्यक्रममा २०७९ सालको माध्यमिक शिक्षा परीक्षा एसइईमा कम्तीमा ३५ जना परीक्षार्थी सहभागी गराएको विद्यालयहरूमध्येबाट उत्कृष्टताका आधारमा छनोट भएका विद्यालयहरूलाई पुरस्कृत गरिएको हो।

यसरी पुरस्कृत हुनेमा सामुदायिकतर्फ भक्तपुरको मेधा माध्यमिक विद्यालय प्रथम, नुवाकोटको पृथ्वी माध्यमिक विद्यालय द्वितीय र काठमाडौंको श्रम राष्ट्रिय माध्यमिक विद्यालय तृतीय भएका छन्।
यसैगरी, काठमाडाैंकै पृथ्वीनारायण माध्यमिक विद्यालय र बलम्बु माध्यमिक विद्यालय क्रमशः चौथो र पाँचौँ भएका छन्।

संस्थागत विद्यालयतर्फ काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको रिलायन्स इन्टरनेसनल एकेडेमी, काठमाडौंकै बालुवाटारको हिज किङ्स इन्टरनेसनल स्कुल र टोखा नगरपालिकाको फ्लोरोसेन्ट माध्यमिक विद्यालय क्रमश प्रथम, द्वितीय र तृतीय भएका छन्।

पुरस्कृत विद्यालयहरूलाई बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र सामाजिक विकासमन्त्री कुमारी मुक्तानले नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरेका छन्।

मन्त्रालयले सामुदायिक र संस्थागततर्फ प्रथम, द्वितीय र तृतीय भएका विद्यालयलाई क्रमशः एक लाख, ८० हजार, ६० हजार नगद र सामुदायिकतर्फ चौथो र पाँचौँ हुने विद्यालयहरूलाई ४० हजार र ३० हजार रुपैयाँसहित पुरस्कृत गरको छ।

कार्यक्रममा बोल्दै प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले प्राविधिक शिक्षालाई जोड दिने गरी नीति बनाउन लागेको बताए। उनले प्रदेशभित्रका विद्यालयहरूमा कृषि, स्वास्थ्य र प्राविधिक शिक्षालाई प्राथमिकता दिने गरी नीति ल्याउने उल्लेख गरे। 

कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले पुरस्कारले विद्यालयलाई आगामी दिनमा अझ राम्रो गर्न प्रोत्साहन मिलोस् भन्ने शुभकामना दिइन्। समाज सुधारका लागि पहिलो व्यक्ति शिक्षक भएकाले विद्यालयस्तरको शिक्षा सुधारमा योगदान पुर्‍याउन आग्रह पनि गरिन्।