१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:१७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अमेरिकन सर्टिफाइड चिकित्सकले सञ्चालनमा ल्याए ‘क्याम्स’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:१७:oo

 अमेरिकन सर्टिफाइड विशेषज्ञ चिकित्सकहरूले काठमाडौंको नयाँ बानेश्वरमा विशेषज्ञ क्लिनिक सञ्चालनमा ल्याएका छन् । निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी सेन्टर फर अमेरिकन मेडिकल स्पेसलिस्ट (क्याम्स)को औपचारिक शुभारम्भ भएको हो । अमेरिकाबाट फर्किएका क्लिनिकका वरिष्ठ संक्रामक रोग विशेषज्ञ प्रा.डा. जनक कोइराला र क्लिनिकका पहिलो विदेशी बिरामी मार्किन लोगेनले संयुक्त रूपमा पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् । 

अमेरिकामै डिग्री हासिल गरेका र ट्रेन भएर नेपाल फर्किएका विशेषज्ञ चिकित्सकहरूले अमेरिकामा सिकेको सीप र ज्ञान अमेरिकी उपचार शैलीमा नेपालीलाई दिने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याएका हुन् । क्लिनिकमा संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी, कोलोरेक्टल सर्जन डा. सत्यदीप भट्टाचार्य, मलिक्युलर माइक्रोबायोलोजिस्ट डा. गुणराज ढुंगाना, वरिष्ठ संक्रामक रोग विशेषज्ञ प्रा.डा. जनक कोइराला, मेडिकल अंकोलोजिस्ट एन्ड हेमाटोलोजिस्ट डा. प्रकाश थपलिया, बालरोग विशेषज्ञ डा. संगीता बस्नेतलगायतले सेवा दिनेछन् । अमेरिकाबाटै फर्किएकी नर्सिङ प्राक्टिसनर डा. पुनम केसी पनि नर्सिङ निर्देशकका रूपमा टिममा जोडिएकी छिन् ।

यसबाहेक अन्य क्याम्स एसोसिएटसमेत गरेर झन्डै १८ जना विशेषज्ञको टिमले क्याम्सबाट सेवा दिने क्याम्सका प्रबन्ध निर्देशक डा. गुणराज ढुंगानाले जानकारी दिए । क्याम्स ०६९ वैशाखमा लाजिम्पाटबाट सुरु भए पनि ठूलो स्केलमा भने शनिबारबाट सञ्चालनमा ल्याइएको हो । 

‘स्वदेशमै अमेरिकी स्ट्यान्डर्डको स्वास्थ्य उपचार दिने र अमेरिकाबाट फर्केका साथीहरूलाई स्पेस दिने हिसाबले हामीले यो क्लिनिक खोलेका हौँ,’ डा. ढुंगानाले भने, ‘हामीले प्रोटोकल नै एकजना बिरामीलाई कम्तीमा आधा घन्टा समय दिने बनाएका छौँ । कसैको एक घन्टा पनि जान सक्छ ।’ 

क्याम्सले अहिले संक्रामक रोग, हेमाटो अंकोलोजी, ट्रपिकल मेडिसिन एन्ड ट्राभल मेडिसिन, कार्डियोलोजी, जनरल एन्ड कोलोरेक्टल सर्जरी, न्युरोलोजी, युरोलोजी, पेडियाट्रिक्स, गाइनोकोलोजी, इन्डोक्राइनोलोजी, अर्थोपेडिक्सलगायतका विशेषज्ञ सेवा दिनेछ । यसैगरी, एड्भान्स मलिक्युलर ल्याबरोटरी, प्रयोगशाला, एक्सरे, फार्मेसी, रेडियोलोजी, अल्ट्रासाउन्ड सेवाहरू क्लिनिकमा उपलब्ध छन् ।