१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:२५:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलमा चरा धपाउने उपकरण जडान गरिँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:२५:oo

देशभित्र सञ्चालित तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलमा चरा धपाउने उपकरण जडान गरिने भएको छ । जहाज उडान तथा अवतरणका क्रममा पटक–पटक ‘बर्ड हिट’ भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उडान सुरक्षा बढाउन ‘बर्ड स्केरिङ डिभाइस’ खरिद तथा जडान गर्ने भएको हो । 

क्यानले चालू आर्थिक वर्षको बजेटमा त्रिभुवन, गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाधार विकास तथा सुरक्षा अभिवृद्धिमा जोड दिएको हो । चरा ठोक्किँदा जहाजको इन्जिनमा आगलागी हुनेसम्मका घटना भइरहेका छन् । चालू आवको वार्षिक नीति, बजेट तथा कार्यक्रममा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाधार निर्माणदेखि सुरक्षा उपकरण जडानसम्मलाई जोड दिइएको छ ।

त्रिभुवन विमानस्थलको धावनमार्गको उत्तरतर्फको एप्रोन, पूर्वतर्फको ह्यांगर तथा दक्षिणतर्फको प्यारलल ट्याक्सी वे निर्माणले निरन्तरता पाउने भएको छ । त्रिभुवन विमानस्थल क्षेत्रलाई सुरक्षित बनाउन आउटर पेरिफेरी सेक्युरिटी फेन्स निर्माण गरिने भएको छ । विमानस्थलको कार्गोतर्फ कार्गो स्क्यानर मेसिन, फ्ल्याप गेट, कार्गो एक्सरे मेसिन खरिद तथा जडान गर्ने क्यानले जनाएको छ ।

विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवनमा ड्युल–भ्यु ह्यान्ड ब्यागेज एन्ड होल्ड ब्यागेज एक्सरे मेसिन र वाक थ्रो मेटल डिटेक्टर (डब्लुटिएमडी) पनि जडान गर्ने  बजेट, नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै, अन्तर्राष्ट्रिय टर्मिनल भवनमा बडी स्क्यानर मेसिन जडान गर्ने र नयाँ आन्तरिक टर्मिनल भवनको आगमन क्षेत्रमा ब्यागेज ह्यान्डलिङ सिस्टम (बिएचएस) जडान गर्ने पनि योजना छ । त्रिभुवन विमानस्थलको एप्रोन नम्बर चार तथा ११ सुदृढीकरण गर्ने, विमानस्थलमा विद्युतीय चार्जिङ स्टेसन निर्माण गर्ने बताइएको छ । 

 यस्तो बनाइँदै गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
२ जेठ ०७९ देखि सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी वे रिनोभेसन तथा लिंक रोड निर्माण कार्यलाई निरन्तरता दिइने क्यानको नीति, बजेट तथा कार्यक्रममा उल्लेख छ । विमानस्थलको आन्तरिक टर्मिनल भवनमा आगमन कक्ष निर्माण गर्ने, विमानस्थलमा ड्युल भ्यु ह्यान्ड ब्यागेज एक्सरे मेसिन तथा वाक थ्रो मेटल डिटेक्टर सिस्टम पनि जडान गरिने भएको छ । 

विमानस्थलको आन्तरिक टर्मिनलतर्फ ब्यागेज ह्यान्डलिङ सिस्टम जडान गरिनुका साथै विमानस्थलमा विद्युतीय आपूर्ति सुधार कार्य तथा अनलाइन युपिएस, लाइन एक्सटेन्सन तथा पावर सप्लाई स्विचओभर कार्यका लागि उपकरण खरिद गरी जडान गर्ने नीति, बजेट तथा कार्यक्रममा उल्लेख छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हाइड्रोलिक बुम मेसिन खरिद तथा जडान गर्ने पनि क्यानले जनाएको छ ।