मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असोज १ सोमबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १ सोमबार १५:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बिग्रिएको मिठाई बेचेपछि ‘टिपटप समोसा’लाई दुई लाख जरिवाना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १ सोमबार १५:५८:oo

उपभोग गर्ने म्याद गुज्रिएर बिग्रिएको दूधबरी बेच्ने टिपटप समोसा पसललाई काठमाडौं महानगरपालिकाले दुई लाख रुपैयाँ जरिवाना गरेको छ।

काठमाडौं– १७ नघलमा रहेको पसलले खान नमिल्ने गरी बिग्रिएको दूधबरी बेचेको गुनासो गर्दै उपभोक्ताले महानगर प्रहरी बलमा गुनासो टिपाएका थिए। बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार गुनासोका आधारमा अनुगमन गरी कारबाही गरिएको हो।

गुनासोपछि महानगरको कृषि तथा पशुपक्षी विभागका प्रमुख एवं निरीक्षण अधिकृत डा. अवधेश झा नेतृत्वको अनुगमन टोली पसलमा पुगेको थियो। ‘उचित तापक्रममा नराखेका कारण दूध फाटेको र त्यही फाटेको दूधमा मिठाई बनाएको पाइएपछि कारबाही गरिएको हो,’ डा. झाले भने।

अनुगमनका क्रममा महानगरको टोलीले करिब पाँच किलोग्राम बिग्रिएको मिठाई उत्पादक आफैँलाई नष्ट गर्न लगाएको थियो।