मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० असोज १ सोमबार १५:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हामीलाई सत्तागठबन्धनबाट निकाल्ने षड्यन्त्र भइरहेको छ : नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज १ सोमबार १५:३१:००

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सत्तागठबन्धनबाट आफूहरूलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले गठबन्धनलाई कमजोर पार्नका लागि आफ्नो पार्टीलाई बाहिर निकाल्ने प्रयास भइरहेको दाबी गरेका हुन्।

गठबन्धनलाई बलियो बनाउने जिम्मेवारी आफूहरूको रहेको बताउँदै अध्यक्ष नेपालले सबै सो षड्यन्त्रहरूबाट होसियार रहन आग्रह गरे। गठबन्धन बनाउन आफूहरूले नै भूमिका खेलेको भन्दै उनले गठबन्धन आफूले नै जोगाउनुपर्ने जिकिर गरे।

‘आज गठबन्धनलाई धारेहात लगाएर यसलाई कमजोर पार्नका लागि अनि यसबाट हाम्रो पार्टीलाई बाहिर निकाल्नका लागि जुन किसिमको षड्यन्त्र भइरहेको छ। त्यसबाट होसियार हुनका लागि म सबैलाई आह्वान गर्न चाहन्छु। त्यसैले गठबन्धनलाई बलियो बनाउने हाम्रो जिम्मेवारी हो,’ उनले भने, ‘विगतमा गठबन्धन बनाउने काममा भूमिका हामीले नै खेलेको हो। अहिले पनि हामीले भूमिका खेलेको हो। हामी कसैले तानेर गएको होइन, हामीले तानेर ल्याएको हो,’ उनले भने।

अध्यक्ष नेपालले व्याख्यात्मक घोषणापछि मात्रै एमसिसी पास गर्नाले विदेशीको गुलाम बन्नु नपरेको दाबी गरे।  उनले एमसिसीको घोर विरोध गर्दा वाहवाही पाउने भए नेपाल मजदुर किसान पार्टी र मोहनविक्रम सिंहको पार्टीले सय सिट कटाउने भन्दै प्रतिवाद गरे।