१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १२:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढीले बगाएको काठेपुल माओवादी रूपान्तरण अभियानले बनायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:५२:oo

हुम्लामा बाढीले बगाएको काठेपुल माओवादी रूपान्तरण अभियानको टोलीले निर्माण गरेको छ।

बाढीले बगाएको सर्केगाड गाउँपालिका– ८ ग्वाले खोलाको काठेपुल अभियानमा खटिएका नेता तथा कार्यकताले श्रमदान गरी बनाएका हुन्। ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ वडा नम्बर ८ का इन्चार्ज एवं माओवादी केन्द्र कर्णाली प्रदेशका सदस्य गोपाल बुढाको नेतृत्वको टोलीले एकदिने श्रमदान गरी काठेपुल निर्माण गरेको हो।

पुल निर्माणपछि खोला वारपार  गर्न सहज भएको  सर्केगाड गाउँपालिका– ८ का स्थानीय कलबहादुर ऐडीले बताए। यसअघि बाढीले काठेपुल बगाउँदा नागरिकलाई आवतजावतमा निकै कठिनाइ भएको थियो। 

बाढीले पुल बगाएपछि नागरिकले भोगेको समस्या समाधान गर्न श्रमदान गरी काठेपुल निर्माण गरेको अभियानका इन्चार्ज गोपाल बुढाले बताए। माओवादी हिजो पनि जनतासँगै थियो, आज पनि सँगै छ र भोलिका दिनमा पनि जनतासँग नै हुन्छ,’ उनले भने।