१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १२:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह बनाउन भारतीय सहयोग रहन्छ : राजदूत श्रीवास्तव

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १२:१o:oo

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा बन्ने सुक्खा बन्दरगाह  बनाउन भारतको सहयोग रहने बताएका छन्।

सोमबार बिहान दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह बन्ने क्षेत्रको स्थलगत अनुगमन गर्दै राजदूत श्रीवास्तवले बन्दरगाह समयमै बन्ने विश्वास व्यक्त गरे। उनले सुक्खा बन्दरगाह निर्माणमा भारतले सहयोग गर्ने बताउँदै उक्त बन्दरगाह निर्माण भए दुवै देशलाई फाइदा हुने उल्लेख गरे।

स्थलगत अनुगमनका क्रममा पूर्वमन्त्री एवं नेपाल कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सुक्खा बन्दरगाह निर्माणको कार्यविधि बनिसकेको उल्लेख गर्दै काम शीघ्र हुने बताए।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पीताम्बर जोशीले नेपाल–भारत दुवै देशका व्यापार वृद्धिका लागि सुक्खा बन्दरगाह बनाउन आवश्यक रहेको औँल्याए। दोधारा–चाँदनी नगरका मेयर किशोर लिम्बूले समयमै सुक्खा बन्दरगाह निर्माण गराउन केन्द्रीय सरकार गम्भीर हुनुपर्ने बताए।

महाकाली नदीमा चार लेनको पक्की पुल निर्माणकार्य अन्तिम चरणमा रहेका वेला बन्दरगाह निर्माणकार्यसमेत शीघ्र गर्नुपर्नेमा उनको जोड थियो। जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहाेराले समेत   सुक्खा बन्दरगाह निर्माणकार्य समयमै गर्नुपर्ने बताए।