मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १४ बिहीबार
  • Thursday, 30 November, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ ३१ आइतबार १५:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अत्यावश्यकीय खाद्यवस्तुको अभाव हुन नदिन सरकारलाई निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ ३१ आइतबार १५:४०:००

संसदीय समितिले चिनी, चामल, गहुँलगायतका अति आवश्यकीय खाद्यवस्तुको अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको छ।

प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले चाडपर्वलाई ध्यानमा राखेर अति आवश्यक खाद्यवस्तुहरूको अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको हो।

बैठकले अति आवश्यकीय खाद्यवस्तुहरूको बिक्री–वितरण सुलभ मूल्यमा गर्न पनि सरकारलाई सचेत गराएको समितिका सभापति अब्दुल खानले जानकारी दिए। समितिले बजारको मागअनुसार मूल्य अभिवृद्धि करमा पूरै छुट हुने गरी अति आवश्यकीय खाद्यवस्तुको आयात गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको माग सम्बोधन हुने गरी तत्काल सहमति दिन पनि अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएको छ।

त्यसैगरी समितिले दसैँ, तिहार, छठजस्ता चाडपर्वलाई लक्षित गरेर बजार अनुगमनका लागि सभापति खानको नेतृत्वमा चार सदस्यीय समिति पनि बनाउने भएको छ। उपभोक्ताहरूलाई चाडपर्वको वेला खाद्यवस्तुको अभाव हुन नदिन र कालाबजारी नियन्त्रण गर्न सो समिति बनाउने निर्णय भएको सभापति खानको भनाइ छ।

बैठकमा समितिका सदस्यहरूले चाडपर्वका वेला आमउपभोक्तालाई सहज र सुलभ ढंगले अति आवश्यकीय वस्तुहरूको व्यवस्था मिलाउन सरकारलाई सचेत गराएका थिए।