१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चिकित्सक कुटपिट प्रकरण : देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा ठप्प पारिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:o५:oo

नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेकका सेवा ठप्प पार्ने घोषणा गरेको छ । सरकारसँग आफूहरूले राखेका माग पूरा नभएको भन्दै संघले यस्तो घोषणा गरेको हो । संघले शनिबार विज्ञप्ति जारी गर्दै डाक्टर कुटपिट गर्ने घटनाका दोषीहरूलाई कारबाही नभएको भन्दै आकस्मिकबाहेकका सेवा बन्द गर्ने जनाएको छ ।

‘घटनाका सम्बन्धमा नेपाल सरकारले सम्पूर्ण दोषीहरूलाई कानुनी दायरामा नल्याएको हुनाले नेपाल चिकित्सक संघ बाध्यतावश ३१ भदौदेखि आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य भएको व्यहोरा विज्ञप्तिमार्फत सबैमा जानकारी गराइन्छ,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवा पूर्ण रूपमा बन्द गरिनेछ ।’

संघले २७ भदौमा हेटौँडास्थित सञ्चो अस्पतालमा भएको सांघातिक घटनामा संलग्न दोषीहरूको छानबिन गरी फौजदारी अभियोगमा कारबाही हुनुपर्ने माग गरेको छ । संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार कारबाही हुनुपर्ने जनाएको छ । चिकित्सा जनशक्ति दिनानुदिन पलायन भइरहेकाले राज्यले यसतर्फ सोच्नुपर्ने पनि संघले विज्ञप्तिमार्फत भनेको छ ।

गत २५ साउनमा हेटौँडा–१ मा रहेको सञ्चो अस्पतालका चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हेटौँडा–१२ का अनुप प्रधान, रोहित प्रधान, रमा प्रधान र रमिता प्रधान पक्राउ परेका छन् । रोहित र अनुपविरुद्ध किटानी जाहेरी परेको छ ।

सञ्चो अस्पतालमा उपचारका लागि आएका ४१ वर्षीय राजेश प्रधानको मृत्युको विषयलाई लिएर अस्पतालभित्रै चिकित्सकद्वय थापा र बिडारीमाथि कुटपिट गरिएको थियो । यो घटनापछि देशभरका चिकित्सक आन्दोलित भएका हुन् ।