मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २३ शनिबार
  • Saturday, 09 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ ३० शनिबार १२:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तीनकुने सामूहिक हत्या : एसएसपी राठौरको नेतृत्वमा छानबिन समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ ३० शनिबार १२:३५:००

काठमाडौं महानगरपालिका– ३२ तीनकुनेस्थित गैह्रीगाउँमा भएको चारजनाको सामूहिक हत्याको छानबिनका लागि प्रहरीले अनुसन्धान समिति गठन गरेको छ।

एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा छानबिन समिति गठन गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ। समितिमा प्रहरी नायब उपरीक्षकहरू हरि खतिवडा, सुवास खड्का र सुरक्षा केसी तथा प्रहरी निरीक्षक वीरेन्द्र केसीसमेत रहेका छन्।

शुक्रबार बेलुका करिब १० बजे तीनकुनेस्थित दिव्य मिलमा कार्यरत कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र नवीन राईको हत्या भएको थियो। यीमध्ये कुमार, अम्बिका र शुभद्रा एकै परिवारका सदस्य हुन्।

हत्यामा संलग्न दीपेन्द्र राईले प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् भने थप तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू सबै लागुऔषध दुर्व्यसनी रहेको प्रहरीको भनाइ छ।