१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:३९:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

भेन्ट्रान्स क्रिकेट टोलीले पाकिस्तानमा खेल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:३९:oo

पाकिस्तानमा हुने ‘ओभर फोर्टिज क्रिकेट ग्लोबल कप’मा नेपालले सहभागिता जनाउने भएको छ । किरणशमशेर जबराको कप्तानीमा रहेको १५ सदस्यीय टोली पाकिस्तान जाने भएको हो । १८ सेप्टेम्बरदेखि २ अक्टोबरमा हुने प्रतियोगितामा नेपालसँगै अस्ट्रेलिया, वेस्ट इन्डिज, पाकिस्तान, अमेरिका, हङकङ, युनाइटेड अरब इमिरेट्स (युएई) र क्यानडाले सहभागिता जनाउने पक्का भएको छ । 

नेपाली टोलीमा किरणसँगै विकास सिंह, सन्तोष भण्डारी, उदयबहादुर थापा (उपकप्तान), सन्तोष भण्डारी, सजल देवकोटा, समीर क्षेत्री, रामनरेश यादव, रविन जोशी, बाबुजान अन्सारी, मुर्तुजा हवारी, सञ्जय श्रेष्ठ, विनित बास्तोला, सचिन मल्ल, सुमन उदय, खेमबहादुर थापा छन् । यसैगरी, टोलीको व्यवस्थापनमा कर्णवीर थापा क्षेत्री रहेका छन् । नेपाली टोलीको अभ्यास राम्रो भएको र नतिजा अनुकूल निकाल्ने कप्तान किरणले बताएका छन् । ‘तयारी राम्रो भएको छ । नजितासमेत अनुकूल निकाल्ने विश्वास छ,’ उनले भने । 

प्रतियोगितामा सबै देशबाट ४० वर्षमाथिका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । एकदिवसीय संरचनामा हुने प्रतियोगितामा पाकिस्तानका चर्चित खेलाडी साहिद अफ्रिदी, मिसवाह उल हकजस्ता खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । राउन्ड रोविन लिग पद्धतिमा हुने प्रतियोगिताबाट शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् । 

प्रतियोगिताका लागि नेपाली टोलीसँगै अम्पायरमा रवीन्द्र गुप्ता पनि पाकिस्तान जानेछन् । गुप्ताले घरेलु प्रतियोगितामा निर्णायकको भूमिका निभाउँदै आएका छन् । उनले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउन आफू उत्साहित रहेको बताएका छन् ।