१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जसपाले तोक्यो मधेश प्रदेशमा विभागीय जिम्मेवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:o५:oo

जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेश समितिले विभागीय जिम्मेवारी तोकेको छ। 

समितिको बैठकले संगठन विभागको प्रमुखमा दिनेश यादव, युवा, विद्यार्थी र खेलकुद विभागको प्रमुखमा ज्ञानेन्द्रकुमार यादव, अनुगमन तथा मूल्यांकन समितिको प्रमुखमा रामसेवक यादव, प्रदेश मामिला तथा स्थानीय तह परिचालन विभाग प्रमखमा शैलेशकुमार साह, महिला विभाग प्रमुखमा निराकुमारी साह, दलित फाँट इन्चार्जमा पुनीत राम र आर्थिक विभाग प्रमुखमा रेणु यादवलाई चयन गरेको छ।

त्यस्तै, कार्यालय व्यवस्थापन समिति प्रमुखमा दिनेशकुमार यादव र कार्यालय सचिवमा जितेन्द्रकुमार यादवलाई चयन गरिएको छ। कृषि तथा सहकारी विभाग प्रमुख अरुणकुमार देव, शिक्षा विभागको प्रमुखमा वृजमोहन तिवारी, ट्रेड युनियन विभाग प्रमुख महाराज यादव रहेका छन्।

बैठकले युसुफ अलि संयोजक रहेको संगठन विस्तार अभियान कार्यक्रमको सचिवालयसमेत गठन गरेको छ। सचिवालयमा रामनरेश यादव, रामप्रकाश महतो, विनोदकुमार यादव र जितेन्द्रकुमार यादव छन्।