१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format २o:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हुम्लाबाट पोखरा जाँदै गरेको हेलिकोप्टर दाङमा आकस्मिक अवतरण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:१३:oo

पोखरा जाँदै गरेको हेलिकोप्टर खराब मौसकका कारण दाङमा आकस्मिक अवतरण गरिएको छ। 

हुम्लाबाट पोखरा जाँदै गरेको ‘कैलाश हेलिकोप्टर सर्भिस’को हेलिकोप्टर दाङको राप्ती गाउँपालिका– २ लालमटियामा आकस्मिक अवतरण गरिएको हो। 

इलाका प्रहरी कार्यालय भालुवाङ प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार हेलिकोप्टरमा पाइलटसहित पाँचजना सवार छन्। सबै सकुशल छन्। हेलिकोप्टर आदर्श नमुना मावि लालमटियाको प्रांगणमा साँझ सवा सात बजे अवतरण गरिएको हो।

हुम्लाबाट यात्रुहरूले बुकिङ गरेर पोखरा जान लागेका थिए। अब बिहान मात्रै पोखराका लागि उड्ने प्रहरी निरीक्षक सिंहले बताए।