१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १७:२५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पुटिनसँग करिब पाँच घण्टा लामो शिखर वार्ता गरी स्वदेश फर्किए किम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२५:oo

आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग शिखर वार्ता गरेर उत्तर कोरियाली सर्वोच्च नेता किन जोङ उन स्वदेश फर्किएका छन्।  

पुटिन र किन जोङ उनबीच करिब चार पाँच घण्टा शिखर वार्ताको भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

भ्लादिभोस्तकबाट करिब एक हजार किलोमिटर टाढा रहेको साइबेरियाको अमुर क्षेत्रको रुसी अन्तरिक्ष केन्द्रमा राष्ट्रपति पुटिनसँग शिखर वार्ता गरेर नेता किम आफ्नो अभेद्य रेलमा स्वदेश फर्कनुभएको रुसी समाचार संस्था आरआइए नोवोस्तीले जनाएको छ। उनी राष्ट्रपति पुटिनको निमन्त्रणामा रुस भ्रमणमा आएका थिए।  

वार्ताका क्रममा उत्तर कोरियाली नेताले राष्ट्रपति पुटिनलाई मस्कोका सेनाले आफ्ना शत्रुहरूमाथि ‘महान विजय’ हासिल गर्ने आश्वासन दिएको रुसी समाचार समितिहरूले जनाएका छन्। 

राष्ट्रपति पुटिनले दुई देशबीचको सहयोग भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै रुस र उत्तर कोरियाको समृद्धिको कामना गरेका थिए। 

उत्तरबाट हतियार आपूर्ति तथा रुसबाट जासुसी उपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्नेप्रविधि हस्तान्तरण तथा खाद्यान्नलगायत सहयोगबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन।