१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o७:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

विज्ञान शिक्षक फेर्न माग गर्दै विद्यार्थी रिले अनशनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:४२:oo

सिराहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिका– ५ औरहीस्थित सुन्दर जनता माविका विद्यार्थीहरू विज्ञान शिक्षक फेर्न माग गर्दै कक्षा बहिष्कार गरी रिले अनशनमा बसेका छन् । 

करिब डेढ दशकदेखि करार सेवामा कार्यरत शिक्षक कपिलदेव यादवले पढाउने क्रममा विद्यार्थीलाई पटक–पटक अभद्र व्यवहार गर्ने र पढाएको पनि केही नबुझिने भन्दै विद्यार्थीहरूले विद्यालयपरिसरमा सोमबारदेखि अनशन थालेका हुन् । विद्यार्थीहरूले आइतबार प्रधानाध्यापक विवेक यादवलाई सम्बोधन गर्दै विज्ञान शिक्षक यादवको अभद्र व्यवहार नसच्चिएको, पढाउँदा केही पनि नबुझिने भएकाले अर्को शिक्षकको व्यवस्था गर्न माग गर्दै निवेदन दिएको कक्षा १० का विद्यार्थी अमरजित यादवले बताए । ‘विगतमा पनि प्रधानाध्यापकमार्फत विज्ञान शिक्षकलाई सचेत गराइएको थियो,’ उनले भने, ‘तापनि विद्यार्थीमाथि गर्ने अभद्र व्यवहार र शिक्षण सुधार नभएपछि बाध्य भएर कक्षा बहिष्कार गरी अनशनमा बसेका हौँ ।’ 

औरही गाउँपालिका– ४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद यादवले वडा कार्यालयबाट गाउँमा चलाइएको निःशुुल्क कोचिङ कक्षामा पढ्ने विद्यार्थीहरूलाई विद्यालयका शिक्षकहरूले कोचिङ छोड्न पटक–पटक दबाब दिने गरेकाले सहन नसकेर विद्यार्थीहरू अनशनमा बसेको हुन सक्ने बताए । विज्ञान शिक्षकले विद्यार्थीलाई अभद्र व्यवहार र गालीगलौज गरेको पाइएपछि दुईपटक विद्यालय व्यवस्थापन समितिले त्यस्तो नगर्न चेतावनीसहित निर्णय गरेको उनले बताए ।

‘त्यति हुँदा पनि आफूलाई नसुधारेपछि विद्यार्थीहरू आक्रोशित भएका हुन्,’ उनले भने । विद्यालयका प्रधानाध्यापक विवेक यादवले अनशनको विषयमा गाउँपालिकासहित शिक्षक र आन्दोलनरत स्वयं विद्यार्थीहरूसँग पनि छलफल गरिएको बताए । पढाइ छाडेर विद्यार्थीहरू रिले अनशनमा बसेपछि विद्यालयमा कार्यरत मावि तहका स्थायी दरबन्दी र निमावि तहका अर्का गरी दुईमध्ये एकजना शिक्षकलाई विज्ञान विषयको जिम्मेवारी दिने तयारी भए पनि विद्यार्थीहरूले बाहिरबाट अर्को शिक्षक ल्याउन भनेपछि समस्या भएको उनले बताए ।