१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:१५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइएमई मोटर्स डिजेल जेनेरेटर र विद्युतीय गाडीको आधिकारिक वितरक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:१५:oo

‘आइएमई मोटर्स’ नेपालमा स्विच मोबिलिटीका विद्युतीय गाडी र अशोक लेल्यान्डका डिजेल जेनेरेटरको बिक्री–वितरण गर्ने आधिकारिक प्रतिनिधि नियुक्त भएको छ । अशोक लेल्यान्डको ७५औँ वार्षिकोत्सवका अवसरमा भारतको चेन्नेईमा आयोजित कार्यक्रममा आइएमई मोटर्सलाई आधिकारिक वितरक नियुक्तिसम्बन्धी सम्झौता भएको हो ।  

सम्झौतामा स्विच मोबिलिटीका प्रमुख कार्यकारी अधिकृत महेश बाबु र आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले हस्ताक्षर गरेको जनाइएको छ । त्यस्तै, अशोक लेल्यान्डका अध्यक्ष धीरज हिन्दुजाले उक्त सम्झौता आइएमई मोटर्सका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई हस्तान्तरण गरेको उल्लेख छ । 

भारतीय अटोमोटिभ कम्पनी अशोक लेल्यान्डको सब्सिडियरी कम्पनी स्विच मोबिलिटीले विद्युतीय सवारीसाधन निर्माण तथा दिगो यातायातका साधनको विकासमा केन्द्रित रहेर वातावरणमैत्री विद्युतीय बस तथा हलुका व्यावसायिक सवारीसाधन उत्पादन तथा वितरण सुरु गरेको जनाइएको छ । यो कम्पनी सन् २०२० मा अशोक लेल्यान्डको सहायक कम्पनीका रूपमा स्थापना भएको थियो । अशोक लेल्यान्डको ७५औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा भारतीय यातायातमन्त्री नीतिन गड्करीले स्विच मोबिलिटीद्वारा उत्पादित हलुका व्यावसायिक विद्युतीय सवारीसाधनको उद्घाटन गरेका थिए । 

त्यसैगरी, आइएमई मोटर्स अशोक लेल्यान्डका डिजेल जेनेरेटर (जेनसेट)को पनि बिक्री–वितरण गर्ने आधिकारिक प्रतिनिधि बनेको छ । अशोक लेल्यान्डका जेनेरेटर आवासीय, व्यावसायिक, औद्योगिक र कृषिलगायत विभिन्न क्षेत्रमा भरपर्दो र विश्वसनीय ऊर्जा परिपूर्तिका लागि डिजाइन गरिएको दाबी गरिएको छ ।