१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १o:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आइएफबीका नयाँ रेफ्रिजेरेटर बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:५o:oo

घरायसी सामानहरूको ब्रान्ड आइएफबीले नेपाली बजारमा पहिलोपटक उन्नत रेफ्रिजेरेटरहरू ल्याएको छ । आइएफबीको नेपालका लागि आधिकारिक वितरण द साग्तानी एक्जिम प्रालिले फ्रोस्ट फ्री र डाइरेक्ट कुल गरी दुई मोडलका फ्रिजको बिक्री सुरु गरेको हो । 

फ्रिजहरूमा कपर–इन्फ्युज्ड डुअल कन्ट्रोल टेक्नोलोजी, ३६० डिग्री सराउन्ड कुलिङ, सेभेन इन वान कन्भर्टेबल, डोर अलार्म, एप–बेस्ड कन्ट्रोल, स्मार्ट लाइट डिओडोराइथजर, स्मार्ट कन्ट्रोल प्यानल र एन्टी–ब्याक्टेरियलजस्ता सुविधा रहेको जनाइएको छ । ग्यास्केट रेफ्रिजेरेटरहरूमा कडा ग्लास सेल्फहरू, एन्युमिनियम इन्फ्युज्ड आए ट्रे र अन्य धेरै फरक उच्च गुणस्तरका सामग्री प्रयोग भएको कम्पनीको दाबी छ । फ्रिजको कम्प्रेसरमा १० वर्ष र अन्यमा एक वर्ष वारेन्टी रहेको जनाइएको छ । फ्रिजको मूल्य ३२ हजार नौ सय रुपैयाँदेखि ७२ हजार नौ सय रुपैयाँसम्म रहेको कम्पनीले उल्लेख गरेको छ ।  

कम्पनीले आयोजना गरेको उत्पादन सार्वजनिक तथा डिलर भेटघाट कार्यक्रममा नेपालभरबाट दुई सयभन्दा बढी डिलरहरूको उपस्थिति रहेको जनाइएको छ । कार्यक्रममा आइएफबी र द साग्तानी एक्जिमका प्रतिनिधि र डिलरबीच उत्पादनको भविष्य र नेपाली बजारमा यसको कार्ययोजना तथा रणनीतिबारे छलफल भएको थियो । सन् १९९८ मा स्थापना भएको साग्तानी एक्जिमले देशभरमा घरायसी सामानहरू, परामर्श सेवा, भान्साको जडान तथा मर्मतका साथै अन्य धुलाइका उपकरण उपलब्ध गराउँदै आएको जनाइएको छ । 

ad
ad