१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format २२:५६:oo
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेश सभाले पायो विजनेस, चारवटा विधेयक पेश

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २२:५६:oo

लामो सयमसम्म बिजनेसविहीन भएको बागमती प्रदेश सभाले आइतबारबाट विजनेश पाएको छ । आइतबार बसेको बैठकमा प्रदेश सरकारका तर्फबाट चारवटा विधेयक पेश भएका छन् । 
बैठकमा विज्ञान प्रविधि तथा नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, ०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले विज्ञान प्रविधि तथा नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरेका हुन् । आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, ०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक पेस गरे ।
यसअघि विपक्षी दलहरूको चेतावनीका कारण बैठक पटकपटक सूचना टाँस गरेर स्थगित हुँदै आएको थियो । बैठक सञ्चालन गर्न आइतबार बिहान सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा सरकारले प्रतिपक्ष दलले उठाएका माग प्रक्रियागत रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि बैठकको गतिरोध अन्त्य भएको हो । सभाको अर्को बैठक २९ भदौमा बस्ने सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए । 
आइतबार नै बसेको सभाको दोस्रो बैठकले सभाका पूर्वसदस्य डा. राजाराम कार्कीको निधनमा शेक प्रस्ताव पारित गर्यो । कार्की ०७४ मा प्रदेश सभा सदस्य निर्वाचनमा कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए । क्यान्सर रोगको संक्रमणबाट केही दिनअघि कार्कीको निधन भएको थियो । 

तीन विधेयमाथि सैद्धान्तिक छलफल
प्रदेश सभाको आइतबार बसेको दोस्रो बैठकमा प्रदेश सभामा आइतबार नै पेश भएका तीन विधेयकमाथि सैद्धान्तिक छलफलसमेत भएको छ । बैठकमा कानुनमन्त्री श्रेष्ठले प्रस्तुत गरेको सञ्चारमाध्यम व्यवस्थापन ऐन, ०७५ लाई संशोधन गर्न बनेको विधेयकबाहेक तीनवटा विधेयकहरूको सैद्धान्तिक पक्षमा छलफल भएको हो । 

छलफलमा भाग लिँदै सांसदहरूले सरकारका मन्त्रीहरूले प्रस्तुत गरेको विधयकहरूमा समावेश गर्नुपर्ने विषय र आवश्यक सुझावहरू दिएका थिए । यस्तै, बैठकमा प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ पनि दिएका थिए ।

नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका विषयमा सामाजिक विकासमन्त्री मोक्तान, प्रदेश स्वास्थ्य सेवा ऐन, ०७५ लाई संशोधन गर्न बनेको विधेयकका विषयमा स्वास्थ्यमन्त्री उत्तम जोशी र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका विषयमा प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री डा. राजेन्द्रमान श्रेष्ठले सांसदहरूले राखेका जिज्ञासाका जवाफ दिएका थिए ।