Skip This
महानगरमा अनधिकृत प्रचार सामग्री टाँस्ने तीनजनालाई जरिवाना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १५ मंगलबार
  • Tuesday, 28 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ जेठ १५ मंगलबार ११:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

महानगरमा अनधिकृत प्रचार सामग्री टाँस्ने तीनजनालाई जरिवाना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ जेठ १५ मंगलबार ११:१o:oo

काठमाडौं महानगरपालिकाले अनधिकृत रूपमा प्रचार सामग्री टाँस्ने तीनजनालाई जरिवाना तिराएको छ। अनधिकृत प्रचार सामग्री टाँस्ने, वितरण गर्ने कार्यमा संलग्न तीनजनालाई आज कलंकी क्षेत्रबाट नियन्त्रणमा लिएर काठमाडौं महानगरपालिकाले प्रशासनिक जरिवाना तिराएको हो। 

विभिन्न पदमा रोजगारको अवसर, उल्लेख भएका पर्चामा भएको फोन नम्बर पछ्याउँदै रमेश खत्री, माधव पन्त र गणेश आचार्यलाई नियन्त्रणमा लिएर जरिवाना तिराइएको हो। 

नगर प्रहरी निरीक्षक प्रकाश पण्डित, नायब निरीक्षक राजकुमार चौलागाईं र सहायक निरीक्षक प्रयास घिमिरेको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो। महानगरले सडक वा सडकका भित्ता, बिजुलीका पोल, रेलिङ, बार, पार्क, पर्खालजस्ता ठाउँहरूमा प्रचारका सामग्री टाँस्न रोक लगाएको छ। 

गणेश आचार्य एस.बी. जब सर्भिस लिंकसँग आबद्ध छन्। यो कम्पनीले मिति नराखी रिसेप्सनिस्ट, क्लिनर, सेक्युरिटी गार्ड, शिक्षक, ड्राइभर, बाइक होल्डर, हाउस किपिङजस्ता १६ शीर्षकका पदमा कर्मचारी अर्जेन्ट लेखेर पर्चा निकालेको छ।

तलब कम्तीमा १० हजार बढीमा १६ हजारसम्म राखेको छ। कर्मचारी मागको संख्या कम्तीमा ५ जना र धेरैमा २० जनासम्म लेखेको छ। अन्तर्वार्ता नहुने, शतप्रतिशत काम हुने पर्चामा उल्लेख छ। काम कसले दिने हो? कम्पनी कस्तो हो? त्यसको विवरण खुलाइएको छैन।

गएको बुधबार उपप्रमुखको सचिवालयमा रोजगारका नाममा युवायुवती ठगिँदै छन् भन्ने गुनासो टिपाइएको थियो। सचिवालय प्रमुख सौरभ गौतमले भने, 'काम पाइन्छ भनेर कम्पनीमा जानेहरूसँग तलब स्केल देखाएर त्यसबापत शुल्क उठाउने गरेको गुनासो आएको थियो। त्यसपछि रोजगारमूलक सामग्रीमाथि महानगर प्रहरी बलले नजर राख्न थालेको हो।'

ad
ad