१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रामकृष्ण थापा सिन्धुपाल्चाेक
२o८१ बैशाख २१ शुक्रबार o८:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नाका खुल्नासाथ सीमामा चिनियाँ सहयोग 

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चाेक
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:o५:oo

मानव आवतजावतसहित १५ भदौबाट तातोपानी नाका खुलेसँगै चिनियाँहरू सीमामा सक्रिय हुन थालेका छन् । चीन सरकारले भोटेकोशी गाउँपालिकामा रहेको नमुना स्कुल झिर्पु माध्यमिक विद्यालयलाई खेलकुद र स्टेसनरी सामान सहयोग गरेको छ । 

न्यालम काउन्टीको समन्वयमा सिगात्से सहरको विदेश विभागले सामग्री सहयोग गरेको हो । विभागका प्रमुख मिस्टर छेतेन शुक्रबार मितेरी पुलमा आएर विद्यालयका अध्यक्ष आङछिरी शेर्पा, वडा नंं ३ का वडाध्यक्ष तथा पालिका शिक्षा समिति सदस्य निमासोना शेर्पासहितको विद्यालयको सल्लाहकार टिमलाई लिपिङमा सामान हस्तान्तरण गरेका हुन् ।

नेपाल–चीन कार्यकारी परिषद् सिन्धुपाल्चोकका अध्यक्षसमेत रहेका झिर्पु विद्यालयका सल्लाहकार लोब्साङ शेर्पाले चीन सरकारसँग समन्वय गरेका हुन् । सिगात्से सहरका विदेश विभाग प्रमुखले हस्तान्तरण गरेको सामग्रीमा चाइनिज लर्निङ बुक दुई सय थान, ब्याडमिन्टन र ब्याडमिन्टन ¥याकेट सय थान, २० बास्केटबल, स्किपिङ रोप एक सय थान, दुई सय थान डेस्क–बेन्च र केही शैक्षिक सामग्री छन् । नाका सुचारु भएपछि दैनिक रूपमा पाँच सय नेपाली र कम्तीमा ५० चिनियाँ नेपाल–चीन ३० किलोमिटर क्षेत्रमा आउजाउ गरिरहेका छन् ।

ad
ad