१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १२:३७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पत्रकारकाे नाममा जथाभावी नलेख्न मनोज गिरीलाई चार पत्रकार संगठनको चेतावनी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:३७:oo

नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङसहित चार पत्रकार संगठनले हलेसी तुवाचुङ नगरपालिका– ७ महादेवस्थानका मनोज गिरीलाई पत्रकारको नाममा जथाभावी नलेख्न चेतावनी दिएका छन्।

गिरीले पत्रकारिताको आडमा सामाजिक सञ्जाल फेसबुकमार्फत जथाभावी स्टाटस लेखेर र भिडियोमा बोलेर पत्रकारिताको गरिमामाथि आँच पुर्‍याएको भन्दै नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल खोटाङले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै पत्रकार आचारसंहिता पालना गर्न गिरीलाई सचेत गराएका हुन्।

गिरीले सामाजिक सञ्जालमा जथाभावी लेख्ने, अफवाह फैलाउने, अरूको मानमर्दन गर्ने, खेदो गर्ने, ‘म पत्रकार हुँ’ भन्दै थर्काउने, गालीगलौज गर्ने र विनाअनुमति टेलिफोन संवाद रेकर्ड गरेर फेसबुकमा राख्ने गरेकोप्रति पत्रकार सम्बद्ध संगठनहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

पत्रकार महासंघका अध्यक्ष दिलीप खत्री, प्रेस युनियनका सभापति उत्तम चौलागाईं, प्रेस चौतारी नेपालका अध्यक्ष सीताराम राई ‘सञ्जीव’ र प्रेस सेन्टर नेपालका अध्यक्ष रामधन राईले जारी गरेको विज्ञप्तिमा गिरीले खोटाङमा ‘म मात्रै पत्रकार हुँ, सबथोक मै हुँ, म मात्रै जान्ने छु, अरू सबै गलत हुन्’ भन्ने शैलीमा सिंगाे पत्रकारितामाथि धावा बोलेको उल्लेख छ।

गिरीले जस्तै जथाभावी जवाफ लेखेर फेसबुकमा प्रतिक्रिया जनाउँदा दोहोरी खेलेजस्तो देखिने, तर चुप बस्दा पनि गिरीले लगाएको आक्षेप स्वीकार गरेजस्तो देखिने भएपछि आफ्नो धारणा सार्वजनिक गर्न बाध्य हुनुपरेको महासंघका अध्यक्ष खत्रीले बताएका छन्। 

‘अरूलाई गाली–बेइज्जती गर्ने, आतंक फैलाउन खोज्ने, धम्की दिने प्रवृत्ति किमार्थ पत्रकारिताको मूल्य र मान्यताभित्र नपर्ने स्पष्ट गराउन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘आमसमुदायलाई भ्रमको पछाडि नलाग्न, फेसबुकमा लेखेको स्टाटसलाई हेरेर धारणा बनाउनुभन्दा आधिकारिक सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रसारण भएका सूचनामा भर पर्न सबैमा आह्वान गर्दछौँ।’

पछिल्लो समय सामाजिक सञ्जालमा जथाभावी लेख्ने, अफवाह फैलाउने, भ्रम छर्ने र समाजलाई ‘मिसलिड’ गर्ने प्रवृत्ति मौलाइरहेको भन्दै पत्रकारसम्बद्ध संगठनहरूले चिन्ता व्यक्त गरेका छन्। 

सामाजिक सञ्जालमा पोस्ट भएका स्टाटसको सत्यतथ्य नबुझी धारणा बनाउँदा गलत सोच तथा विचारको विकास भइरहेको विज्ञप्तिमा भनिएको छ। गिरीले अर्काको शैक्षिक योग्यताको प्रमाणपत्र फोटोसपमार्फत आफ्नो नामको बनाएर हलेसीपाटी डटकम दर्ता गरी सञ्चालन गर्दै आएका छन्। 

गिरीले समाचारभन्दा पनि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्ने गरेका छन्। गिरीले जिल्लामा क्रियाशील अरू पत्रकारविरुद्ध ‘पार्टीको झोले’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा तथानाम गाली लेख्ने गरेका छन्। 

गिरीले सोही स्थानका कुभेशचन्द्र गिरीको शैक्षिक योग्यताको प्रमाणपत्र (स्नातक तहको प्रमाणपत्र)लाई फोटोसपमार्फत आफ्नो नामको बनाएर प्रयोग गरेकामा किर्ते जालसाजी मुद्दाअन्तर्गत जिल्ला अदालत खोटाङबाट ०७९ माघ १९ गते दोषी ठहर भई २० दिन कैद र रु. तीन हजार जरिवाना सजाय भोगिसकेका छन्।