Skip This
काभ्रेको बनेपामा चौध हजार कन्या पुजिए
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २१ बिहीबार
  • Monday, 12 May, 2025
२o८o भदौ २१ बिहीबार १o:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काभ्रेको बनेपामा चौध हजार कन्या पुजिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २१ बिहीबार १o:१२:oo

काभ्रेको बनेपा आसपासमा बुधबार करिब १४ हजार कन्या पुजिएका छन् । श्रीकृष्ण जन्माष्टमीको दिन विगत वर्षदेखि नै बनेपामा कन्याहरू पुजिँदै आएका छन् । कन्या पुज्दा कन्याहरू र पुज्ने व्यक्तिहरूको समेत दीर्घायु हुने जनविश्वास रहेको छ । 

बुधबार बनेपा, साँगा, जनागाल, दाप्चा र धनेश्वरमा रहेका करिब १४ हजार कन्या पुजिएको कन्या पूजा प्रबन्ध समितिले जनाएको छ । हरेक वर्ष कन्या पूजाको व्यवस्थापन गर्दै आएको समितिका अध्यक्ष रामगोपाल कायस्थका अनुसार अविवाहित तथा रजस्वला नभएका, बेलविवाह नगरिएका कन्याहरूलाई विभिन्न विधिपूर्वक पूजा गरिन्छ । 

बनेपाको भोलाखाटोलबाट सुरु भएको बृहत् कन्या पूजाको सुरुवातमा भोलाखा गणेशलाई पूजा गरी विधिअनुसार पूजा, टीका र जंजका (काँचो धागो) तेलले कन्यालाई स्वारी, मालपुवा, चकलेट, छोकडा, बिस्कुटसहित पूजा गरिन्छ ।  सिजनअनुसारका खानेकुराहरू, फ्रुटी, चाउचाउ, दक्षिणासहित एउटी कन्यालाई करिब पाँच सय रुपैयाँबराबरको सामग्री उपलब्ध गराइन्छ ।

भोलाखाटोलबाट पूर्वतिर भोलाखाटोल, स्वधाटोल र वकुटोलसम्म बसिरहेका कन्याहरूलाई पूजा गर्दै घुमेर, पश्चिमतिर फर्की वकुटोल, स्वधाटोल, भोलाखाटोल हुँदै दक्षुटोलसम्म दायाँतर्फका सडकको पेटीमा आसनमा बसिरहेका कन्याहरूलाई पूजा गर्दै लायकु ध्वाखासम्म आई, पूर्वतिर फर्केर दायाँतिरका पेटीमा बसिरहेका कन्याहरूलाई पूजा गर्दै भोलाखाटोल पुगेपछि कार्यक्रम विसर्जन भएको सचिव वैद्यले जानकारी दिए । निःशुल्क गरिएको कन्या पूजाका लागि प्रबन्ध समितिको करिब २० लाख खर्च भएको कोषाध्यक्ष दिनेश कायस्थले जानकारी दिए ।