१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २१ बिहीबार
  • Friday, 09 May, 2025
एजेन्सी काठमाडाैं
२o८o भदौ २१ बिहीबार १o:१o:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

विपक्षी गठबन्धनको नाम फेरेर ‘भारत’ बनाउन सुझाव

Read Time : < 1 मिनेट
एजेन्सी, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ २१ बिहीबार १o:१o:oo

भारतीय कांग्रेस नेता शशि थरूरले केन्द्रीय सरकारले देशको नाम फेर्न लागेको चर्चामाझ विपक्षी दलहरूको गठबन्धनको नाम पनि ‘इन्डिया’बाट ‘भारत’बनाउने सुझाव दिएका छन् । थरुरले अंग्रेजी वर्णमालाको बिएचएआरएटीको पूर्ण रूप पनि के हुन सक्ने सुझाएका छन् । भारतको पूर्ण रूपमा ‘एलाएन्स फर बेटरमेन्ट, हार्मोनी एन्ड रेस्पोन्सिबल एडभान्समेन्ट फर टुमरो (भारत)’ (जसको नेपाली अर्थ सुधार, सद्भाव र भविष्यको उत्तरदायी उन्नतिका लागि गठबन्धन) हुन्छ । विपक्षी गठबन्धनले भारत नाम राखे मात्र सरकारले देशको नाम बदल्ने मूर्ख खेल रोक्न सक्ने शेखर टिप्पणी गरेका छन् । 

भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले जी–२० को शिखर सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिलाई रात्रिभोजका लागि पठाएको निमन्त्रणापत्रमा उनको पदलाई ‘प्रेसिडेन्ट अफ इन्डिया’को सट्टा ‘प्रेसिडेन्ट अफ भारत’ उल्लेख भएपछि भारतमा अहिले देशको नाम बदल्न लागेको चर्चा चुलिएको छ । विपक्षीहरूले ‘इन्डिया’ नामको गठबन्धन बनाएपछि तर्सिएर मोदी सरकारले यस्तो कदम उठाउन लागेको विपक्षी दलले आरोप लगाइरहेका छन् । थरुरको पार्टी कांग्रेस विपक्षी गठबन्धन ‘इन्डियन नेसनल डेभलपमेन्टल इन्क्लुसिभ एलाइन्स (इन्डिया)’को एक घटक हो ।

थरुरले देशलाई ‘भारत’ भन्नमा कुनै संवैधानिक अवरोध नभएको भए पनि ‘इन्डिया’ नाम पूर्ण परित्याग गर्ने मूर्खता गर्न नहुने बताएको छ । यसको ठूलो ‘ब्रान्ड मूल्य’ भएको उनको दाबी छ । खासमा पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाले नै हालको भारतलाई ‘इन्डिया’ भन्न नहुने अडान लिएको इतिहास पनि उल्लेख गरे । ‘भारतले आफ्नो नाम इन्डिया राखेमा ऊ ब्रिटिस साम्राज्यको उत्तराधिकारी राज्य हुने र पाकिस्तान ऊबाट छुट्टिएर गएको पृथक्तावादी राज्य हुने जिन्नाको डर थियो,’ थरुरले भने ।