१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १४:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भगवती रथयात्रा अवलोकन गर्न लुम्बिनीका मुख्यमन्त्री चौधरी पाल्पा आउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:३१:oo

दुई सय तीन वर्ष लामो गौरवपूर्ण इतिहास बोकेको श्री ७ रणउजिरेश्वरी भगवती रथयात्राको दर्शन तथा अवलोकनका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी पाल्पा आउने भएका छन्। 

भगवतीको महिमा र रथयात्रा अवलोकन गर्न मुख्यमन्त्री चौधरी बिहीबार पाल्पा आउने कार्यक्रम भएको भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोककुमार महर्जनले जानकारी दिए। 

उनका अनुसार रथयात्राको प्रारम्भ साइत बिहीबार दिनको १२ः१५ देखि १२ः३० सम्म छ। श्री ७ रणउजिरेश्वरी भगवती रथजात्राको दिन पाल्पाबाट निर्वाचित सांसदहरू, विभिन्न सिलसिलामा पाल्पाबाट बसाइँसराइ गरेर गएका व्यक्तिहरू, स्थानीय तहका प्रमुखहरू, तानसेनवासी, स्कुल कलेजका शिक्षक, विद्यार्थी, क्लब तथा टोल विकास संस्थाका सदस्यहरूलगायतको उपस्थिति हुने व्यवस्थापन समितिले जनाएको छ। 

यसअन्तर्गत झाँकी, नाच, सालैजो, पञ्चेबाजा, भजन कीर्तन प्रस्तुतिसँगै रथलाई तानसेन बजार परिक्रमा गराइन्छ। नेपाल एकीकरणको समयमा तत्कालीन प्रशासक कर्णेल उजिरसिंह थापाले कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाउन सुरु गरेको जात्रा हरेक वर्ष यसरी नै मनाइँदै आइएको छ।

वि.सं. १८७१ देखि १८७२ सम्मको अंग्रेजसँगको युद्धमा नेपाली सेनाले जितगढी किल्ला विजय गरेका थिए। यही किल्ला जितेको सम्झनामा वि.सं. १८७७ देखि तानसेनमा भगवती जात्रा विजयाेत्सवका रूपमा मनाइँदै आइएको छ।

भगवती जात्राको ऐतिहासिक र विशेष महत्व रहेको भन्दै लुम्बनी प्रदेश सरकारले रथयात्राका दिन सार्वजनिक बिदा दिएको छ। रथयात्रालाई राष्ट्रिय महत्व दिनुपर्ने स्थानीयको माग छ।