मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १३ बुधबार
  • Wednesday, 29 November, 2023
२०८० भदौ १९ मंगलबार १७:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धन लोकतन्त्रको आधारभूत सिद्धान्तविपरीत : महामन्त्री थापा

Read Time : < 1 मिनेट
२०८० भदौ १९ मंगलबार १७:४०:००

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनावमा गरेको गठबन्धन लोकतन्त्रको आधारभूत सिद्धान्तविपरीत रहेको बताएका छन्।

कांग्रेस प्रतिनिधिसभा बागलुङ क्षेत्र नं. १ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले गठबन्धन लोकतन्त्रको अधारभूत सिद्धान्तविपरीत भएको बताएका हुन्। गठबन्धनले लोकतन्त्रलाई झनै कमजोर बनाएको उनको दाबी छ। थापाले नेपाली कांग्रेसले आउँदो निर्वाचनमा कसैसँग पनि गठबन्धन नगर्ने घोषणा गरे। 

‘सत्ताप्राप्तिका लागि गरेको गठबन्धनले ठूलो असर गरेको छ। यसले मुलकुको लोकतन्त्रलाई नै कमजोर बनाएको छ,’ उनले भने, ‘अब कुनै हालतमा कांग्रेसले गठबन्धन गर्ने वाला छैन। नयाँ आएका घण्टीदेखि डमरुसम्मका पार्टीसँग पनि हामी डराउनेवाला छैनौँ। आउँदो २०८४ को निर्वाचनमा हामी एक्लै चुनावमा होमिनेछौँ।’

जनतामाझ नयाँ विश्वासका साथ कांग्रेस अगाडि बढ्ने महामन्त्री थापाको जिकिर छ।

उनले सरकारले थालेको भ्रष्टाचार न्यूनीकरणको अभियानमा कांग्रेसको पूर्ण रूपमा समर्थन रहेको बताए। कांग्रेस वा अन्य जुनसुकै पार्टीका नेता तथा कार्यकर्ता भ्रष्टाचारमा मुछिए पनि सरकार त्यसलाई जोगाउनतर्फ नलाग्ने थापाको भनाइ छ।

महामन्त्री थापाले अहिले तीनवटै सरकारमा कांग्रेसको प्रतिनिधित्व रहेको हुँदा जनगुनासो आउने काम गर्न नहुने बताए। जनप्रतिनिधिले जनताको मर्मअनुसार काम नगरे पार्टी र व्यक्ति दुवै सकिने बाटोमा जाने उनले प्रस्ट पारे।