१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
दीपक भट्ट रामेछाप
Invalid date format १o:३४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

रामेछापमा २८ प्रतिशतले आलु उत्पादन बढ्यो

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
Invalid date format १o:३४:oo

विगत वर्षहरूको तुलनामा यस वर्ष रामेछापमा आलुको उत्पादन २८ प्रतिशतले वृद्धि भएको छ।  विगत वर्षहरूमा कृषकले परम्परागत रूपमा गर्दै आएको आलुखेतीमा आधुनिक विधिसहित उन्नत जातको बिउको प्रयोग गरेपछि आर्थिक वर्ष ०७८/०७९ मा भन्दा ०७९/८० मा आलुको उत्पादनमा वृद्धि भएको हो ।

किसानलाई आलु उत्पादनसम्बन्धी तालिमको व्यवस्था, पिबिएस तथा उन्नत आलुको बिउको प्रयोग, सिँचाइ सुविधाको विस्तार, उचित मल खादको प्रयोग, रोग र किराको पहिचान तथा रोकथाम र ड्याम बनाएर आलुखेती गरिएका कारण गत वर्षको भन्दा यो वर्ष २८ प्रतिशतले आलु उत्पादनमा वृद्धि भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापका प्रमुख थिरलाल गैह्रेले जानकारी  दिए । 

आर्थिक वर्ष ०७८/७९ को तुलनामा गएको आर्थिक वर्ष ०७९/८० मा रामेछापमा आलुको उत्पादन, क्षेत्रफल र उत्पादकत्वमा वृद्धि भएको छ । उनका अनुसार क्रप कटिङ प्रविधिबाट लिइएको तथ्यांकअनुसार आर्थिक वर्ष ०७८/७९ मा प्रतिहेक्टर १५.१४ मेट्रिक टन उत्पादन भई जिल्लाभर ४९ हजार ६ सय ३० मेट्रिक टन आलु उत्पादन भएको थियो । आर्थिक वर्ष ०७९/८० मा आलुको उत्पादकत्व बढेर प्रतिहेक्टर १९.३८ मेट्रिक टन फल्दा यो वर्ष ६४ हजार सात सय ८७ मेट्रिक टन आलु उत्पादन भएको छ ।

आर्थिक वर्ष ०७८/७९ रामेछापको विभिन्न भेगका तीन हजार दुई सय ७८ हेक्टर जमिनमा आलु बाली लगाइएकोमा आर्थिक वर्ष ०७९/८० मा दुई प्रतिशतले वृद्धि भई तीन हजार तीन सय ४३ हेक्टर जमिनमा आलु लगाइएको थियो । दुई नगरपालिका र ६ वटा गाउँपालिका गरी आठवटा स्थानीय तह रहेको रामेछापमा विशेषगरी उमाकुण्ड, गोकुलगंगा, दोरम्बा, शैलुङ, सुनापति गाउँपालिकासहित खाँडादेवी गाउँपालिकाको माथिल्लो भेगमा पर्याप्त मात्रामा आलु उत्पादन हुने गरेको छ ।