१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १o:२५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमईले सञ्चालनमा ल्यायो क्यास तथा चेक डिपोजिटर मेसिन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:२५:oo

ग्लोबल आइएमई बैंक लिमिटेडले नगद तथा चेक जम्मा गर्ने मेसिन सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकलाई आफ्नो अनुकूल समयमा बैंकमा रहेका क्यास तथा चेक डिपोजिटर मेसिनमार्फत ग्लोबल आइएमई बैंकमा रहेको खातामा नगद जम्मा गर्न सकिने सुविधा सुरु गरेको हो ।  

बैंकले पाँचवटा क्यास डिपोजिटर र पाँचवटा चेक डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको जनाएको छ । हाल काठमाडौं उपत्यकामा कमलादी र न्युरोड तथा उपत्यकाबाहिर इटहरी, नारायणगढ र बुटवल शाखामा क्यास डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको जनाइएको छ । 

त्यस्तै, काठमाडौं उपत्यकाभित्र कमलादी, न्युरोड, कुलेश्वर तथा काठमाडौं उपत्यकाबाहिर पोखरा र वीरगन्ज शाखामा चेक डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । बैंकको कमलादी शाखामा आयोजित एक कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त मेसिनको उद्घाटन गरेका हुन् ।

मेसिन सेवाको उद्घाटन गर्दै अध्यक्ष ढकालले प्रविधिको विकास र आमउपझोक्ताको आकांक्षाअनुरूप वित्तीय क्षेत्र विश्वभर नै द्रुत गतिमा परिवर्तन भइरहेको बताए । ग्लोबल आइएमई बैंकले पनि समयानुकूल नयाँ प्रविधिलाई आत्मसात् गर्दै अघि बढ्दै गरेको र मेसिन उद्घाटन पनि त्यसकै उदाहरण भएको उनको भनाइ थियो । अध्यक्ष ढकालले भने, ‘यो मेसिन इफिसियन्सी, सुविधा र सुरक्षाको मिश्रण हो । 

यसले ग्राहकलाई आफ्नो अनुकूल समयमा विनाकुनै कागजी प्रक्रिया सुविधाजनक हिसाबले क्यास तथा चेक डिपोजिट गर्न सहयोग पुग्नेछ । समयको बचत हुनेछ । २४ घन्टा सेवा उपलब्ध हुने हुँदा सेवा आफ्नो समयअनुकूल लिन सकिनेछ ।’ 
बैंकले हाल देशका ७७ वटै जिल्लामा तीन सय ४८ शाखा, तीन सय ६९ एटिएम, तीन सय २२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ ।