१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कृषि मन्त्रालयअन्तर्गतका निकाय तत्काल खारेज नहुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:४७:oo

चालू आवको बजेटमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतका सम्बन्धित निकायलाई आगामी मंसिरसम्म पुनर्संरचना गरेर लैजाने गरी बजेट खुला गरिएको छ । मंसिरसम्म पुनर्संरचना गरिने भएपछि अर्थ मन्त्रालयबाट बजेट खुला गरिएको हो । 

आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बजेटमा खारेज गर्ने भनिएको दुग्ध विकास बोर्ड खारेज नगर्ने र शून्य बजेट भएका कार्यालयलाई बजेट खुला गरिएको कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले बताए । यस्तै, कपास विकास समिति खारेज गर्ने वा नगर्नेबारेमा छलफल भइरहेको मन्त्रालयको भनाइ छ ।

लम्पी स्किनपीडित किसानलाई क्षतिपूर्ति दिइने
लम्पी स्किनबाट पशुमा क्षति भएका किसानलाई राहत उपलब्ध गराइने भएको छ । मन्त्रालयले अहिलेसम्म भएका पशुक्षतिको पूर्ण आकलन गरी क्षतिपूर्ति वितरणका सम्बन्धमा ‘लम्पी स्किन राहत वितरण मापदण्ड २०८०’ तयार पारी सहमतिका लागि गृह र अर्थ मन्त्रालय पठाइएको मन्त्रालयले जनाएको छ । अहिले लम्पी स्किन रोग केही घट्दै गएको मन्त्रालयले जनाएको छ । संक्रमण भएका १५ लाख १९ हजार सात सय ७९ पशुमध्ये १३ लाख ९३ हजार पाँच सय ९५ निको भएका छन् । हालसम्म ५२ हजार ५ सय ४८ पशुको मृत्यु भएको मन्त्रालयको भनाइ छ । 

त्यस्तै, सरकारले भारतको सहयोगमा लम्पी स्किनविरुद्धको खोप उत्पादन गर्ने भएको छ । भारतबाट कच्चा पदार्थ ल्याएर उसैको प्राविधिक सहयोगमा नेपालले खोप उत्पादन गर्ने मन्त्री भुसालले बताए । यद्यपि, कहिलेबाट र के–कति खोप उत्पादन गर्ने भन्नेबारे उनले खुलाएनन् । 

चैते धान उत्पादन अभियान चलाइने
यस वर्ष लामो समयसम्म खडेरी पर्दा धान उत्पादनमा कमी आउन सक्ने कृषि मन्त्रालयले आकलन गरेको छ । मन्त्रायले यस वर्ष गत वर्षभन्दा रोपाइँ पनि कम भएको र लामो समयसम्म खडेरी पर्दा धान उत्पादनमा कमी आउन सक्ने भन्दै चैते धान उत्पादन बढाउने अभियान चलाउन लागिएको मन्त्रालयले जनाएको छ ।

यस वर्ष चैते धान लगाइएको एक लाख १८ हजार हेक्टरलाई दोब्बर गरेर दुई लाख ४० हजार पुर्‍याउने लक्ष्य रहेको छ । मन्त्रालयले ऊर्जा जलस्रोत र सिँचाइ मन्त्रालय मिलेर चैते धान उत्पादनलाई बढाउने मन्त्रालयको रणनीति रहेको छ । मन्त्रालयले संक्रामक पशुरोग नियन्त्रण ऐन २०८० र पशु कल्याण ऐन २०८० मस्यौदा भई छलफलका क्रममा रहेको जानकारी दिएको छ । 

ad
ad