१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १८ सोमबार
  • Friday, 11 October, 2024
नयाँ पत्रिका मकवानपुर
२o८o भदौ १८ सोमबार १o:११:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

दुई महिनापछि बागमती प्रदेश सभाको बैठक बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
नयाँ पत्रिका
२o८o भदौ १८ सोमबार १o:११:oo

बागमती प्रदेश सभाको बैठक दुई महिनापछि सोमबारबाट बस्दै । प्रदेश सरकारको चालू आर्थिक वर्ष ०८०/८१ को बजेट पारित भएसँगै २१ असारमा स्थगित गरिएको प्रदेश सभा सोमबार दिउँसो साढे १ बजे बस्न लागेको हो ।

प्रदेश सभा बैठकअघि बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर कार्यसूची तय गरिने प्रदेश सभा सचिवालयका सूचना अधिकारी सुन्दर बाँस्कोटाले बताए । सोमबारको बैठकमा संसदीय समितिका सभापति चयनको विषयले पनि प्रवेश पाउने सम्भावना छ ।

बागमती सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले यसअघि प्रदेश सभा सचिवालयमा तीनवटा विधेयक दर्ता भइसकेको र अब सदन सुचारु भएपछि थप दुईवटा विधेयक दर्ता गर्ने तयारी भइरहेको जानकारी दिए । बागमतीले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्ने तयारी गरेको हो । 

यसअघि विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भइसकेको छ ।