१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ बैशाख १२ बिहीबार २०:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

राष्ट्रपति भण्डारीलाई बेइजिङमा उपविदेशमन्त्रीले गरे स्वागत

Read Time : < 1 मिनेट
२०७६ बैशाख १२ बिहीबार २०:२३:००

वेल्ट एण्ड रोडको दोस्रो सम्मेलनमा सहभागी हुन छिमेकी देश चीन आएकी राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार साँझ राजधानी बेइजिङ पुगेकी छन् । उनलाई उपविदेशमन्त्री खोङ शुवानयोले बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

बुधबार दिउँसो शान्सी प्रान्तका गर्भनर लिउ कोउच्रङले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका थिए । भेटका क्रममा नेपाल र शान्सी प्रान्तबीच संस्कृति, शिक्षा, पर्यटन तथा लगानीे सम्बन्धमा सहकार्य गर्ने विषयमा छलफल भएको चीनस्थित नेपाली दुतावासले जनाएको छ । भेटपछि गभर्नरले राष्ट्रपतिको सम्मानमा दिवा भोजको आयोजना गरेका थिए । 

सियानमा रहँदा भण्डारीले टारकोटा बारियर संग्रालयको अवलोकन गरेकी थिइन् । शुक्रबार भण्डारी ‘वान वेल्ट वान रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’को दोस्रो सम्मेलनमा सहभागी हुनेछन् । भण्डारीले फोरममा सम्बोधन गर्ने कार्यक्रम छ ।