१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:२४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

३० अंकले घट्यो नेप्से, एक अर्ब १८ करोडको कारोबार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:२४:oo

हप्ताको कारोबारको पहिलो दिन आज आइतबार सेयर बजार झन्डै ३० अंकले घटेको छ। सेयर बजार परिसूचक नेप्से आज २९.८१ अंकले घटेर १९६०.७८ विन्दुमा ओर्लिएको हो। 

आज सबै समूहको सेयर घटेको छ। यसमा पनि होटेल, पर्यटन, जलविद्युत्, बिमालगायतका समूहको सेयर उच्च अंकले ओरालो लागेको छ। 

बजार घटे पनि कारोबार रकममा भने केही सुधार देखिएको छ। आज दुई सय ७६ कम्पनीका ४० लाख ५३ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब १८ करोड ६६ लाख रुपैयाँबराबरको कारोबार भएको छ। 

आज सबैभन्दा धेरै सोल्टी होटेलको तीन करोड ८८ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। समग्रमा बजार घटे पनि थ्री स्टार हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ।