१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आठ महिनामा भित्रिए ६ लाख पर्यटक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३३:oo

सन् २०२३ को पहिलो आठ महिनामा अघिल्लो वर्षभरिकै बराबर पर्यटक भित्रिएका छन् । जनवरीदेखि अगस्टसम्म विभिन्न देशबाट ६ लाखभन्दा बढी पर्यटक हवाईजहाज चढेर नेपाल भ्रमणमा आएका छन् । सन् २०२२ मा वर्षभरि ६ लाख १४ हजार पर्यटक नेपाल आएको पर्यटन बोर्डको तथ्यांक छ ।

यो वर्ष नेपाल भ्रमणमा आउने पर्यटकको संख्या बढेर करिब १० लाख पुग्ने अनुमान गरिएको छ । नेपालको पर्यटन इतिहासमा सबैभन्दा धेरै पर्यटक सन् २०१९ मा भित्रिएका थिए । उक्त वर्ष विभिन्न देशबाट करिब १२ लाख पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक छ । 

सन् २०२२ को पहिलो महिना जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार दुई सय ५५, मार्चमा ९९ हजार चार सय २६, अप्रिलमा ९८ हजार सात सय ७३, मेमा ७७ हजार सात सय तीन, जुनमा ७२ हजार दुई सय ५०, जुलाईमा ५७ हजार सात सय २६ र अगस्टमा ६७ हजार एक सय ५३ पर्यटक नेपाल आएका छन् । 

कोभिड महामारीअघि २०१९ अगस्टमा विभिन्न देशबाट करिब ७४ हजार पर्यटक नेपाल आएका थिए । त्यसपछि कोभिड फैलिँदा पर्यटक संख्या घटेर २०२० अगस्टमा दुई सय ६७, २०२१ अगस्टमा ६ हजार र २०२२ अगस्टमा ४१ हजारमा खुम्चियो । महामारी कम हुँदै गएपछि पर्यटक आगमन पनि बढ्दै गइरहेको तथ्यांकले देखाउँछ ।  

चीन सरकारले आफ्ना नागरिकलाई घुमफिरमा निस्कन अनुमति दिएसँगै नेपालमा चिनियाँ पर्यटक बढ्न थालेका छन् । अगस्ट महिनामा चीनबाट पाँच हजार २७ पर्यटक भित्रिएपछि दोस्रो नम्बरमा परेको छ । सबैभन्दा धेरै पर्यटक भित्रिनेमा भारत नै रहेको छ, जहाँबाट एक महिनामा २६ हजार ६ सय ६५ पर्यटक आएका छन् । 

पर्यटक वृद्धि उत्साहप्रद छ : वसन्त मिश्र, पर्यटन उद्यमी
विश्वव्यापी कोभिड महामारीपछि पर्यटन क्षेत्र राम्रोसँग रिभाइभ भइरहेको छ । पर्यटक आगमन पनि क्रमिक रूपमा बढ्दो छ । अहिले जसरी पर्यटक बढिरहेका छन्, यसमा निजी क्षेत्रले गर्व गर्नुपर्छ ।

किनभने, यो निजी क्षेत्रको एकल प्रयासले भएको हो । सरकारले मद्दत मागेको बखत जहिल्यै सहयोग गरेको छ । तर, पर्यटक बढाउनका लागि ठोस काम गर्न सकेको छैन ।

अहिले जसरी पर्यटक बढिरहेका छन्, यो उत्साहप्रद छ । हामीसँग पर्यटनको जति सम्भावना छ, त्यति उपयोग हुन सकेको छैन । यदि निजी क्षेत्र र सरकार मिलेर अगाडि बढेमा पर्यटन देशको अर्थतन्त्रको खम्बा बन्नेमा कुनै शंका छैन ।