१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १५:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

भ्रष्टाचार अन्त्य गर्न राष्ट्रिय सहमतिको सरकार बनाऔँ : मन्त्री किराँती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:३५:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भ्रष्टाचार, अशिक्षा र गरिबी अन्त्यका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन्। 

बिहीबार नेपाल पर्वतारोहण संघको ३३औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री किराँतीले देशको प्रमुख शत्रु भ्रष्टाचार, अशिक्षा र गरिबी भएको बताएका हुन्। 

भ्रष्टाचार, अशिक्षा र गरिबी देशको साझा शत्रु भएको उल्लेख गर्दै उनले यसलाई राष्ट्रिय एकताका साथ परास्त गर्नुपर्ने बताए। यसका निम्ति राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताउँदै राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डले नै गर्नुपर्ने औँल्याए। 

राष्ट्रिय सहमतिको सरकारले नै भ्रष्टाचार, गरिबी र अशिक्षाको अन्त्य गर्न सक्ने मन्त्री किराँतीको भनाइ थियो। उनले पर्यटन क्षेत्रको विकास र विस्तारका लागि पुराना ऐन, कानुनका कारण समस्या भइरहेको उल्लेख गर्दै नयाँ ऐन, कानुनहरू निर्माण गर्दै गरेको बताए। 

ad
ad