Skip This
१८ लाख घुस लिने डिएसपी ठगबहादुर केसीविरुद्ध मुद्दा दायर 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १३ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ १३ बुधबार १८:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१८ लाख घुस लिने डिएसपी ठगबहादुर केसीविरुद्ध मुद्दा दायर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ १३ बुधबार १८:१o:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बुटवलमा कार्यरत रहँदा उनको निवासबाट अख्तियारले नगद र सुन बरामद गरेको थियो।अख्तियारले १८ लाख रुपैयाँ बिगो दाबी गर्दै उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

२५ मंसिर २०७९ मा बुटवल उपमहानगरपालिका- ५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन लिएर गएका उनले यस बारेमा कार्यालयमा जानकारी नगराएको अख्तियारले जनाएकाे छ। 

पछि उनले सुन फिर्ता लगेको कागज गर्न लगाएको, तर सुन फिर्ता नगरी आफैँसँग राखेका थिए। त्यस क्रममा उनले दुईजनासँग क्रमशः ८ लाख ५० हजार र ९ लाख ५० हजार गरी १८ लाख रुपैयाँ घुस लिएको पाइएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।