१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५२:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

एमसिसी परियोजना कार्यान्वयनमा प्रवेश

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५२:oo

अमेरिकी संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) अनुदान परियोजना आज (बुधबार)देखि कार्यान्वयनमा गएकाे छ। पूर्वनिर्धारित समयअनुसार मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालले आजदेखि यसलाई कार्यान्वयनमा प्रवेश गराएको हो। 

बुधबार अर्थ मन्त्रालयमा औपचारिक कार्यक्रम गरेर एमसिसी कार्यान्वयनको शुभारम्भ पनि गरिएको छ। सो सन्दर्भमा अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसिसीको सम्झौता कार्य–सञ्चालन हेर्ने उपाध्यक्ष क्यामरुन एलफोर्डबीच एक्सचेन्ज अफ लेटर पनि भएको छ। 

अबको पाँच वर्षमा एमसिसी र नेपालको सहकार्यमा परियोजना सम्पन्न गर्ने गरी एक्सचेन्ज अफ लेटर गरिएको एमसिए नेपालले बताएको छ।

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन, अर्थ मन्त्रालयका उच्च अधिकारीलगायतका प्रतिनिधिहरूको उपस्थितिमा नेपाल र एमसिसीबीच लेटर अफ एक्सचेन्ज गरिएको हो। योसँगै एमसिसी परियोजना आजबाट कार्यान्वयनमा प्रवेश गरेको छ। 

कार्यान्वयनमा प्रवेश गरेको ५ वर्षमा यो परियोजनाको निर्माण सम्पन्न गर्नुपर्छ। त्योअनुसार २९ अगस्ट ०२८ भित्र यसअन्तर्गतका परियोजनाको निर्माण सक्नुपर्छ। नभए बाँकी काम नेपाल सरकारले आफ्नै लगानी गर्नुपर्छ। खर्च हुन नसकेको पैसा एमसिसीले पठाउनेछैन। किनकि, एमसिसीले परियोजनाको भौतिक प्रगतिअनुसार भुक्तानी दिनेछ। तसर्थ, यसको कार्यान्वयन मिति निकै महत्वपूर्ण छ। 

नेपाल सरकारको १३ करोड डलर र एमसिसीको ५० करोड डलर अनुदानबाट चार प्रसारण लाइन, तीन सबस्टेसन र पूर्व–पश्चिम राजमार्गको ७७ किमि सडकखण्ड मर्मत गर्ने गरी सेप्टेम्बर २०१७ मा अमेरिकासँग सम्झौता भएको थियो। 

जुन सम्झौता १५ फागुन ०७८ मा संसद्बाट अनुमोदन भएसँगै कार्यान्वयनको ढोका खुलेको थियो। त्यसपछि एमसिए नेपालले अगस्ट ०२३ बाट यसको कार्यान्वयन गर्ने भनेको थियो। त्यसमा पनि अहिले आएर ३० अगस्टको मिति तोकिएको थियो। यस आयोजनामा अहिले आएर नेपाल विद्युत् प्राधिकरणको ६.७ करोड डलर पैसा थप गर्दै छ। यसरी झन्डै ७० करोड डलरमा यी परियोजना बन्दै छन्। 

यसअन्तर्गत लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा (११७ किमि), रातमाटे–न्यू दमौली (९० किमि), न्यू दमौली–न्यू बुटवल (९० किमि) र न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको नेपाल खण्ड (१८ किमि) गरेर ४०० केभी डबल सर्किट क्षमताको ३१५ किमि लामो ४ प्रसारण लाइन बनाइँदै छ, जहाँ ८५६ वटा टावर बन्नेछन्। 

यसैगरी रातमाटे, तनहुँ जिल्लाको दमौली र पश्चिम नवलपरासी पश्चिम भुमहीमा ४००/४०० केभी क्षमताका सब–स्टेसन निर्माण गरिदैँ छ। साथै, महेन्द्र राजमार्गमा भालुवाङबाट पश्चिमतर्फको ७७ किमि खण्ड विशेष रूपमा मर्मत गरिदैँ छ।