१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सेनाद्वारा निर्माणाधीन आयोजनाकाे स्थलगत अध्ययन गर्दै पूर्वाधारमन्त्री ज्वाला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:२८:oo

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक निर्माणको जिम्मा लिएको नेपाली सेनासँग छलफल गरेका छन्। लामो समयदेखि भौतिक पूर्वाधारका क्षेत्रमा पनि काम गर्दै आएको नेपाली सेनाले पाँच आयोजनामा निर्माण गरिरहेको छ। 

नेपाली सेनाले निर्माण गरिरहेका कतिपय आयोजना सन्तोषजनक नभएपछि मन्त्री ज्वालाले छलफल गर्न लागेका हुन्। काठमाडौं–तराई मधेस फास्ट ट्रयाकमा भनेजति काम हुने सकेको छैन भने कर्णाली करिडोरमा पनि सन्तोषजनक काम भएको छैन। ‘छलफलपछि मन्त्री आफैँ स्थलगत भ्रमणमा जाने कार्यक्रम तय भएको मन्त्रीका निजी सचिव रामहरि शर्माले बताए। 

नेपाली सेनाले काठमाडौं–तराई मधेस, कोसी करिडोर, गोरखाको लार्के भञ्जयाङ, कर्णाली करिडोरको खुलालु र सल्लीसल्ला, दार्चुला–टिंकर सडक निर्माण गरिरहेको छ। यी सबै ठाउँको स्थलगत अध्ययन गर्ने कार्यक्रम मन्त्री ज्वालाले बनाएको सहसचिव अर्जुन थापाले बताए।  

काठमाडौं तराई मधेस फास्ट ट्रयाकको पछिल्लो समय डिपिआर संशोधन भएको छ। डिपिआर संशोधनपछि लागत मूल्य दुई अर्ब दुई करोड घटेको छ भने निर्माणको समय पनि घटेको छ। टनेल थपिँदा बाटोको लम्बाइ पनि कम भएको छ। 

मन्त्री ज्वालाले सडक विभागअन्तर्गत सञ्चालन भएका आयोजनाको ‘टायम कार्ड’ लागू गरेका छन्।  तर, नेपाली सेनाले आयोजना गरेका आयोजनाको तालिका बनेको छैन। तालिका बनाउन पनि १८ भदौमा छलफल गर्ने कार्यक्रम राखिएको छ।