१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

प्रदक्षिणा मार्गमा सवारीसाधन प्रवेश निषेध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:२२:oo

भक्तपुर नगरपालिकाभित्र सापारु (गाईजात्रा)को दिन प्रदक्षिणा मार्गमा सवारीसाधन प्रवेश निषेध गरिने भएको छ । नगरपालिका प्रमुख सुनील प्रजापतिको अध्यक्षतामा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख प्रजापतिले गाईजात्रा अवधिभर हुने भिड र सवारी पार्किङलाई सहज व्यवस्थापन गर्न सबैले भूमिका खेल्नुपर्ने बताए । उनले गाईजात्रा प्रदक्षिणा मार्गमा कुनै अवरोध हुन नदिन अव्यवस्थित तारहरूको व्यवस्थापन अन्तिम चरणमा पुगिसकेको बताए । गाईजात्रालाई बिस्केट जात्रापछिको महत्वपूर्ण जात्राका रूपमा लिइन्छ ।

उनले नगरपालिकाले जात्रा अवधिभर वडाका विभिन्न स्थानमा प्रारम्भिक उपचार केन्द्रको समेत व्यवस्था गरेको बताए । नगरपालिकाले यो वर्षको गुन्हिपुन्ही (जनै पूर्णिमा) र सापारु (गाईजात्रा) एकै दिन परे पनि दुई दिन मनाउने निर्णय गरेको थियो । नगरपालिका, तलेजुका मूल पुजारी (राजोपाध्याय), पुजारीहरू (कर्माचार्य र जोशी)बीच भएको बैठकले १३ भदौमा गुन्हिपुन्ही र १४ भदौमा सापारु मनाउने निर्णय गरेको थियो । 

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी परिसर, सशस्त्र प्रहरी, ट्राफिक, ख्वपः मिनिबस सेवा समिति, ख्वपः अस्पतालका प्रतिनिधिको सहभागितामा बसेको उक्त बैठकले नगरका विभिन्न वडामा पार्किङस्थलको व्यवस्था गरेको छ ।

सिद्धपोखरीको दक्षिणी भाग, भक्तपुर क्यान्सर अस्पतालअगाडिको पार्किङस्थल, नःपुखुको दक्षिण–पश्चिमतिरको खुला क्षेत्र, देको, मिवा, इतापाके आवास क्षेत्रका सडकहरू, ब्यासी पर्यटक बसपार्क, ब्यासीबाट कालीघाट जाने सडकको एकछेउ, देकोचा (ख्वपः कलेजका गाडीहरू पार्किङ गर्ने ठाउँ), कमलविनायक सरस्वती विद्यागृह प्राविको चौरको पार्किङ क्षेत्रमा पार्किङको व्यवस्था भएको छ ।

ad
ad