१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
तस्बिर : राेयटर्स
Invalid date format १२:४१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

नाइल बाँध विवाद : इजिप्ट, इथियोपिया र सुडानबीच पुनः वार्ता सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:४१:oo

इजिप्टको जल तथा सिँचाइ मन्त्रालयले ग्रान्ड इथियोपिया पुनर्जागरण बाँध (जिइआरडी)को सम्बन्धमा लामो समयदेखि भइरहेको विवाद समाधानका लागि संवाद सुरु गरेको छ।

आइतबार इजिप्ट, इथियोपिया सुडानबीच समस्या समाधानका लागि छलफल सुरु भएको हो। इजिप्टका जलस्राेत तथा सिँचाइमन्त्री हानी सेविलमले इथियोपियाको नाइल नदीको खण्डमा बनेको बाँध सञ्चालन गर्न सहमति हुनुपर्ने जोड दिँदै सम्झौताले तीनवटै देशको हित र चासोलाई ध्यानमा राख्नुपर्ने बताए।

तीन देशको सहमतिविना बाँध सञ्चालन गर्नु तीन देशले सन् २०१५ मा हस्ताक्षरको उल्लंघन हुने बताए। इथियोपियाले इजिप्ट र सुडानको विरोधका बाबजुद सन् २०२० मा बाँध सञ्चालन गरेको थियो। जसले अन्ततः २०२१ बाट त्रिपक्षीय वार्ता हुन सकेको थिएन।

इथियोपियाले सन् २०११ मा यो बाँध परियोजना सुरु गरेको थियो। यसबाट ६ हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्ने अपेक्षा गरिएको थियो। सिन्ह्वा/न्युज एजेन्सी नेपाल