१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
डिलाराम भुसाल कपिलवस्तु
२o८१ बैशाख २१ शुक्रबार २o:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कुलोले बगाउँदा महिलाको मृत्यु

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २o:३२:oo

कपिलवस्तुको बाणगंगामा कुलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ८ ढोडेकोलस्थित बाणगंगा नदीबाट सिँचाइका लागि बनाइएको कुलोमा बिहीबार माछा मार्ने क्रममा डुबेर एक महिलाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा ५० वर्षीया गुढ्डी थारू रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । इलाका प्रहरी कार्यालयका अनुसार आज बिहान माछा मार्ने क्रममा बगेकी महिलाको शव करिब एक किलोमिटर तल फेला परेको थियो । 

गुढ्डीका श्रीमान्, दुई छोरी र एक छोरा छन् । उनको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ad
ad