१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १५:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

डोल्पा जोड्ने भेरी करिडोर पुनः अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:२६:oo

हिमाली जिल्ला डोल्पा जोड्ने भेरी करिडोर पुनः अवरुद्ध भएको छ। त्रिपुरासुन्दरी नगरपालिका– ५ मा पर्ने अनारदुलामा माथिबाट खसेको पहिरोका कारण भेरी करिडोरको डोल्पा खण्ड खुलाइएको दुई दिनमै पुनःअवरुद्ध भएको हो।

पहिरोका कारण १० दिनसम्म अवरुद्ध उक्त सडक खुलाइएको दुई दिनमै सुक्खा पहिरोले पुन अवरुद्ध भएको पहिरो खुलाउने जिम्मा पाएको शुक्ला कन्स्ट्रक्सनका प्रोप्राइटर वसन्त शाहीले जानकारी दिए।

लगातार दुई दिन लगाएर पहिरो हटाए पनि सडकको दुवैतिर तटबन्ध गर्ने बजेट नहुँदा सडकको दायाँतिरको भाग भेरी नदीको कटानमा परेको उनको भनाइ छ। ‘निर्माणको जिम्मा पाएभन्दा धेरै काम गर्दा पनि बाटो खुलाउन सक्ने अवस्था छैन। तटबन्ध मात्रले काम सम्पन्न गर्न सकिँदैन,’ उनले भने।

भेरी करिडोर कार्यालयले थप बजेटको व्यवस्थापन गरेपछि मात्र काम अघि बढाउन सकिने शाहीले बताए।

सडक अवरुद्ध भएपछि डोल्पा भित्रिने र बाहिरिने चारपांग्रे सवारीसाधन आवागमन ठप्प भएको छ। दुईपांग्रे सवारीसाधन र सर्वसाधारण जोखिम मोलेरै आवतजावत गर्न बाध्य छन्।

ad
ad