१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:१७:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कुवेतविरुद्ध नेपालको कसिलो बलिङ

बलरको उत्कृष्ट प्रदर्शनको मद्दतमा नेपालले ९० रनको लक्ष्य रक्षा ग¥यो, कुवेतले २० ओभरमा आठ विकेट गुमाएर ५५ रन बनायो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:१७:oo

मलेसियामा चलिरहेको चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय टी–२० क्रिकेट सिरिजमा नेपालले बुधबार कुवेतविरुद्ध फितलो ब्याटिङ प्रदर्शन गरेको छ । पहिलो खेलमा हङकङमाथि सानदार ६ विकेटको जित निकालेको नेपालले कुवेतसँगको प्रतिस्पर्धामा त्यही फर्म दोहोर्‍याउन सकेन । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि कुवेत ३४ रनले पराजित भयो । पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा आठ विकेट गुमाएर ८९ रनको योगफल बनायो । प्रत्युत्तरमा कुवेतले २० ओभरमा आठ विकेट गुमाएर ५५ रन मात्र बनायो । लगातार दुई जितसँगै नेपाल शीर्ष स्थानमा छ । 

नेपालको जितमा इन्दु बर्माले ब्याटिङ र बलिङमा एकनासको प्रदर्शन गरेकी थिइन् । लक्ष्य रक्षा गर्ने क्रममा उनले चार ओभरमा १० रन खर्चेर तीन विकेट लिइन् । यसक्रममा उनले १५ पटक डट बल फ्याँकेकी थिइन् । उनले प्रतिओभर २.५० रनरेटमा बलिङ गरिन् । ब्याटिङका क्रममा उनले १९ बलमा दुई चौकासहित २३ रन बनाइन् । यसैगरी, नेपालकी कविता कुँवरले केवल दुई ओभर बलिङ गर्दा एक विकेट लिइन् । उनले एक मेडन ओभर गर्दै चार रन खर्चिन् । नेपालका लागि सीता रानामगरले आठ रन खर्चेर एक विकेट हात पारिन् । 

१० ओभरसम्म बाउन्ड्रीविहीन
पहिलो ब्याटिङ गरेको नेपालका लागि पूजा महतो र बिन्दु रावलले ओपनिङ गरेका थिए । महतोको यो दोस्रो अन्तर्राष्ट्रिय खेल थियो । हङकङविरुद्धको खेलमा उनले डेब्यु गरेकी थिइन् । कुवेतसँगको खेलमा नेपाली ओपनरले गतिलो रन बनाएनन् । नेपालले पहिलो १० ओभर खेल सकाउँदा एक चौका पनि लगाउन सकेन । महतो इनिङ्सको दोस्रो बलमै आउट भइन् । त्यसपछि सम्झना खनाल र रावलले दोस्रो विकेटका लागि पाँच रनको साझेदारी गरिन् ।

कराँची पुगेको नेपाली टोलीले एसिया कपको प्रशिक्षणस्वरूप बिहीबारदेखि नेसनल बैंक अफ रंगशालामा प्रशिक्षण गर्नेछ, त्यसपछि मुल्तानमा आयोजक पाकिस्तानविरुद्ध उद्घाटन खेलमा सहभागी हुनेछ

 रावलले सीता रानामगरसँग तेस्रो विकेटका लागि २७ रन जोड्न सफल भइन् । तर, दुवै खेलाडीले आक्रामक नभएर रक्षात्मक रूपमा ब्याटिङ गरेका थिए । रावलले ४५ बलमा २० रन बनाइन् । सीताले सात रन बनाइन् । नेपालले अतिरिक्त ११ रन पाएको थियो । 

एकै ओभरमा दुई विकेट
नेपालले कुवेतविरुद्ध इनिङ्सको दोस्रो ओभरमै विकेट लियो । इनिङ्सको २.२ ओभरमा कुवेतकी मार्याम आउट भइन् । कुवेत ८.५ ओभरमा तीन विकेटको क्षतिमा २३ रनको अवस्थामा थियो । इनिङ्सको १२ ओभरमा नेपालले दुई विकेट हात पार्‍यो । इनिङ्सको १२.१ ओभरमा शान्ति र १२.३ ओभरमा अमना सरिफले विकेट गुमाए । कुवेतका कुनै पनि खेलाडीले गतिलो साझेदारी गर्न सकेनन् । जेफा जलिनीले १९ बलमा एक चौकाको सहयोगमा ११ रन बनाइन् । खालिलले २२ बलमा १० रन जोडिन् । 

पाकिस्तानमा नेपाली खेलाडीले आजदेखि प्रशिक्षण गर्ने
नेपाली क्रिकेट टोलीले बिहीबारदेखि पाकिस्तानको कराँचीमा एसिया कपको तयारी गर्ने भएको छ । टोली फ्लाई दुबईको विमानबाट बिहीबार कराँची पुगेको थियो । कराँची अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार अवतरण गरेको नेपाली टोलीले केही दिन कराँचीस्थित नेसनल बैंक रंगशालामा अभ्यास गर्नेछ । कराँची पुगेको नेपालले कडा सुरक्षा घेरामा रहेर एक साता अभ्यास गर्नेछ ।

खेलाडीले प्रशिक्षणका क्रममा स्थानीय टोलीसँग अभ्यास खेल खेल्नेछ । केही दिनको अभ्यासपछि टोली मुल्तान प्रस्थान गर्नेछ । नेपालले एसिया कपको समूह ‘ए’मा घरेलु टोली पाकिस्तानको सामना गर्नेछ । यसपछि टोलीले श्रीलंकाको क्यान्डीमा भारतविरुद्ध खेल्नेछ । भारतले पाकिस्तानी भूमिमा प्रतिस्पर्धा गर्न नमानेपछि प्रतियोगिताका अधिकांश खेल श्रीलंकामा सारिएको छ । एसिया कपको समूह ‘बी’मा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।

विमानस्थलदेखि होटेलसम्म स्कर्टिङ
टोलीलाई विमानस्थलबाट कडा सुरक्षाबीच होटेल पुर्‍याइएको पाकिस्तानी एजेन्सीले जनाएको छ । प्रतियोगितामा सहभागी हुन पुगेको टोलीलाई भिभिआइपीस्तरको सुरक्षा प्रदान गरिएको एजेन्सीले उल्लेख गरेको छ । टोलीलाई भिभिआइपी सुरक्षा प्रोटोकल प्रदान गरिएको पाकिस्तानी एजेन्सीले जनाएको छ । कडा सुरक्षा घेरामा पाकिस्तान क्रिकेट बोर्डका पदाधिकारीले नेपाली खेलाडीलाई स्वागत गरेका थिए । खेलाडीलाई अगाडि र पछाडि सुरक्षाकर्मीले स्कर्टिङ गरी होटेलमा पुर्‍याएका थिए ।

सुरक्षाको कारण देखाउँदै १० वर्षसम्म अन्तर्राष्ट्रिय क्रिकेट टोली पाकिस्तान गएका थिएनन् । सन् २००९ मा श्रीलंकाली क्रिकेट टोलीमाथि पाकिस्तानमा आतंककारीले आक्रमण गरेका थिए । पाकिस्तानमा सुरक्षा निकै फितलो र खेलाडी असुरक्षित रहेको जनाउँदै अन्य क्रिकेट टोलीले तटस्थ भूमिमा प्रतिस्पर्धा गरेका थिए । सन् २००९ देखि २०१९ सम्म पाकिस्तानले दुबईको मैदानलाई घरेलु मैदानका रूपमा प्रयोग गरेको थियो । 

सन् २०११ को विश्वकपको आयोजक राष्ट्रसमेत रहेको पाकिस्तानमा सुरक्षाको कारण देखाउँदै सहभागी राष्ट्रले प्रतिस्पर्धा गर्न मानेनन् । उनीहरूले बंगलादेशमा प्रतिस्पर्धा गरेका थिए । सन् २०१९ मा श्रीलंकाले पाकिस्तान भ्रमण गरेको थियो ।