१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गिरिबन्धु टी स्टेटबारे ओलीले भने- छानबिन जरुरी छैन, मन लागे गरे हुन्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:३३:oo

एमालेक अध्यक्ष केपी ओलीले गिरिबन्धु टी स्टेटको जग्गाबारे अनुसन्धान गर्न आवश्यक नरहेको बताएका छन्। बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आवश्यक भए सरकारले अनुसन्धान गर्न सक्ने प्रस्ट पारे।

‘गिरिबन्धुले चिया स्टेट लगाएका छन्, चिया बनाएका छन्। बिनाकानुन पहिला जमिन दिएको थियो, सट्टा भर्ना अहिले हामीले कानुन बनाइदिएका छौँ। जरुरी नै छैन, गर्न मन लागे छानबिन गरे हुन्छ,’ ओलीले भने।

सरकार उच्चस्तरीय आयोगको विषयमा लचिलो भएर सदन खुलाएकोमा अध्यक्ष ओलीले धन्यवाद दिए। उनले भने, ‘हामी पहिलैदेखि सदन खुलाउने, चलाउने पक्षमा हो। तर, यो सुन तस्करीको काण्ड जुन भइरहेको छ, यो सधैँका लागि रोकियोस्, यसको राम्रो छानबिन होस्, निर्दोष नपरून्, दोषी नउम्कियून् भन्ने हो। यसमा सरकारले मन्जुर गरेको थिएन, त्यसकारण तनाव भएको हो।’