मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २१ बिहीबार
  • Thursday, 07 December, 2023
२०८० भदौ ६ बुधबार १२:०८:००
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

धनाढ्यहरूलाई मन पर्ने पुस्तक

Read Time : < 1 मिनेट
२०८० भदौ ६ बुधबार १२:०८:००

फोब्र्स म्यागेजिनले तयार गरेको विश्वकै धनाढ्यको सूचीमा अमेरिकी खर्बपति एलोन मस्क पहिलो नम्बरमा छन् । उनी विज्ञान–प्रविधि, भविष्य र मानिसका संघर्षका वास्तविक कथाहरू पढ्न रुचाउँछन् । ‘द लर्ड अफ द रिङ्स’, ‘बेन्जामिन फ्रयाङ्कलिन : एन अमेरिकन लाइफ’, ‘आइन्स्टाइन : हिज लाइफ एन्ड युनिभर्स’, ‘जिरो टु वान : नोट्स अन स्टार्टअप्स अर हाउ टु बिल्ड द फ्युचर’, ‘होवार्ड ह्युज्स : हिज लाइफ एन्ड म्याडनेस’, ‘स्ट्रेन्जर इन अ स्ट्रेन्ज ल्यान्ड’लगायत पुस्तक उनलाई निकै मन पर्छ । 

‘बेन्जामिन फ्रयाङ्कलिन : एन अमेरिकन लाइफ’ वाल्टर इस्याकसनले लेखेका हुन् । यस पुस्तकबारे मस्क भन्छन्, ‘बेन्जामिन उद्यमी थिए । उनीसँग सुरुवातमा केही थिएन । उनले धेरै संघर्ष गरे ।’ बहुआयामिक व्यक्तित्व फ्रयाङ्कलिन अमेरिकी इतिहासकै प्रभावशाली व्यक्तिमध्ये एक मानिन्छन् । अमेरिकी संविधानको मस्यौदा तयार गर्न तथा स्वतन्त्रताको घोषणा गर्न उनको ठूलो योगदान थियो । उनको विषयमा वाल्टरले लेखेको पुस्तक सन् २००३ मा प्रकाशित भएको थियो । यस बायोग्राफीले अमेरिकाका संस्थापक नेतामध्येका एक फ्रयाङ्कलिनको सार्वजनिक र निजी जीवनको चित्रण गरेको छ ।

लेखक, वैज्ञानिक, आविष्कारक, कूटनीतिज्ञ, प्रकाशक तथा राजनीतिज्ञका रूपमा फ्रयाङ्कलिन चर्चित थिए ।धनाढ्यको सूचीमा तेस्रो नम्बरमा रहेका जेफ बेजोसलाई जिम कोलिन्सका पुस्तक निकै मन पर्छ । कोलिन्सका ‘बिल्ट टु लास्ट’ र ‘गुड टु ग्रेट’ उनलाई निकै मन पर्ने पुस्तक हुन् । उनलाई मन पर्ने अर्को पुस्तक ‘द ब्ल्याक स्वान’ हो । यस पुस्तकलाई नसिम निकोलास तलेबले लेखेका हुन् । साम वाल्टनको ‘मेड इन अमेरिका’ उनलाई मन पर्ने पुस्तकको सूचीमा पर्छ । 

धनाढ्यको सूचीमा छैटौँ नम्बरमा रहेका बिल गेट्स पनि अध्ययनका सौखिन हुन् । उनलाई मन पर्ने पुस्तकको सूचीमा रोबर्ट हेन्लिनको ‘स्ट्रेन्जर इन अ स्ट्रेन्ज ल्यान्ड’, बोनोको ‘सरेन्डर’, डोरिस गुडविनको ‘टिम अफ राइभल्स’, टिमोथी गाल्वेको ‘द इनर गेम अफ टेनिस’लगायत पर्छन् ।