१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल तस्बिर/नयाँ पत्रिका
भोजराज भण्डारी काठमाडाैं
Invalid date format o९:२o:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मौद्रिक नीतिपछि लगानीकर्ताको सम्पत्ति दुई खर्ब ८१ अर्ब घट्यो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:२o:oo

राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेपछि सेयर बजार १६५ दशमलव ९१ अंकले गिरावट आएको छ । करिब एक महिनाको अवधिमा लगानीकर्ताको सम्पत्ति दुई खर्ब ८१ अर्ब घटेको छ । ७ साउनमा मौद्रिक नीति जारी हुँदा लगानीकर्ताको बजार पुँजीकरण (सम्पत्ति) ३२ खर्ब ७२ अर्ब थियो । ४ भदौमा लगानीकर्ताको बजार पुँजीकरण २९ खर्ब ९१ अर्ब कायम भएको छ । 

मौद्रिक नीति सार्वजनिक भएको दिन नेप्से परिसूचक दुई हजार दुई सय २७ दशमलव १६ विन्दुमा बन्द भएको थियो । तर, सोमबार नेप्से परिसूचक एक हजार नौ सय ९८ दशमलव २८ विन्दुमा पुगेको छ । यस दिन आइपुग्दा लगानीकर्ताको मनोवैज्ञानिक तह दुई हजारको विन्दुबाट तल झरेको छ । 

लगानीकर्तामा आत्मविश्वास बढ्न नसक्दा बजार प्यानिक बन्न पुगेको लगानीकर्ता सागर ढकाल बताउँछन् । उनले भने, ‘मौद्रिक नीतिअघि लगानीकर्ताले आफ्नो माग सम्बोधन हुने आशा गरेका थिए, तर अहिले उनीहरू ‘पर्ख र हेर’को अवस्था देखिन्छ ।’ बैंकले ब्याजदर बढाएपछि लगानीकर्ता सेयरबाजरबाट बाहिरिएर बैंकमै रकम सञ्चित गर्न थालेको उनको भनाइ छ ।

लगानीकर्ता, मौद्रिक नीतिप्रति सकारात्मक नहुँदा  बजार निरन्तर ओरालो लागेको लगानीकर्ताको भनाइ छ । जोखिमभार १५० प्रतिशतबाट १०० प्रतिशतमा झार्नुपर्ने, सेयर धितोकर्जामा लागेको सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोडको नीति खारेज हुनुपर्नेलगायतका माग मौद्रिक नीतिले समेट्न नसकेको भन्दै असन्तुष्टि जारी राखेका छन् । बजारमा आएको निरन्तर गिरावटले लगानीकर्ता धितोपत्र बोर्ड र राष्ट्र बैंकप्रति असन्तुष्ट छन् । यो विषयमा गत बिहीबार बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई भेटेर उनीहरूले ध्यानाकर्षण गराएका छन् ।  

घोराही सिमेन्टमा लगानीकर्ताको निरन्तर अविश्वास
प्रिमियम मूल्यमा आइपिओ जारी गरेको घोराही सिमेन्टको सेयरमा लगानीकर्ताको अविश्वास देखिएको छ । आइपिओ जारी गर्ने समयमा कम्पनीले गरेको रेटिङ प्रणाली तथा नियामक निकायमाथि नै उठेको प्रश्नका कारण पनि लगानीकर्ताको आकर्षणमा घोराही सिमेन्ट पर्न नसकेको उनीहरू बताउँछन् । 

प्रतिसेयर प्रिमियम मूल्य ४३५ रुपैयाँमा आइपिओ (प्राथमिक सेयर) भरेको घोराही सिमेन्ट अघिल्लो साता पाँच सय ६५ रुपैयाँमा सूचीकृत भएको थियो । तर, कारोबारको पहिलो दिनमै १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको थियो । हाल कम्पनीको सेयर मूल्य घटेर चार सय ७७ दशमलव १० पैसामा आइपुगेको छ ।

गत आइतबारबाट कारोबारमा आएको कम्पनीको मूल्य सोमबारसम्म भएको सात दिनमा १६ दशमलव २७ प्रतिशत घटेको छ । सूचीकृत भएको मूल्यभन्दा कम्पनीको सेयर प्रतिकित्ता ८८ रुपैयाँले घटेको छ ।

कम्पनीको सेयर मूल्यमा आएको निरन्तर गिरावटलाई लगानीकर्ता कम्पनीप्रति अविश्वासको नै प्रमुख कारण रहेको बताउँछन् । एक लगानीकर्ता भन्छन्, ‘आइपिओ जारी हुँदाकै बखत कम्पनीको छविमा जुन प्रकारको प्रश्न उठ्यो, यसले लगानीकर्तालाई दुस्मनीको विषयमा शंका पैदा गराएको छ ।’ तर, अर्का लगानीकर्ताले भने कम्पनीको सेयर तत्कालको बजारलाई हेरेर मूल्यांकन गर्न नहुने बताए । उनले भने, ‘अहिलेको बजारलाई हेरेर कम्पनीप्रति अविश्वास जनाइहाल्नुहुँदैन, बोर्डले पनि कम्पनीको दोष नभएकै कारण पुनः जारी गर्न स्वीकृत दिएको हो ।’  

कम्पनीको हालसम्मको उच्चतम मूल्य पाँच सय ८१ रुपैयाँ प्रतिकित्तासम्म पुगेर न्यूनतम मूल्य चार सय ७७ रुपैयाँ प्रतिकित्तासम्म झरेको छ । यसबीचमा लगानीकर्ताले छोटो समयमा ठूलो परिमाणमा सेयर किनबेच गरेका छन् । सात दिनसम्ममा कम्पनीको ५४ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ । कारोबार भएको पहिलो दिनमै कम्पनीको सेयर सबैभन्दा धेरै चार लाख ४६ हजार कित्ता सेयर किनबेच हुँदा २३ करोड १५ लाख रुपैयाँको कारोबार भएको थियो ।