१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद् अवरोध हटाउन दलबीच सहमति गर्नुको विकल्प छैन : सभामुख घिमिरे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२८:oo

सभामुख देवराज घिमिरेले संसद्को अवरोध खुलाउन राजनीतिक दलहरूबीच सहमति गर्नुबाहेकको विकल्प नरहेको बताएका छन्। 

आइतबार संसद्को अवरोध खुलाउन दलका प्रमुख सचेतक र सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। 

उनले संसद्को अवरोध हट्ने कुरा सुन तस्करीको छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति बनाउने कुरामा अड्किएको बताए। 

दलहरूको बीचमा समझदारीको वातावरण बन्न सके संसद् अवरोध हट्ने उनको भनाइ थियो। सभामुख घिमिरेले संसद्को अवरोध हटाउन आफूले दलका नेताहरूसँग बसेर छलफल गरिरहेको बताए।